• १२ साउन २०८१, शनिबार

गजल

blog

स्वाभिमानी गालाभरि अनुदानको डाम थियोे

मागी हिँड्नेको सूचीमा तिम्रो पनि नाम थियोे !


जनता जनता भन्थ्यौ नि, कसले लग्यो तिमीलाई

आलिसान त्यो महलभित्र तिम्रो के काम थियोे ?


पसिनाले सिँगारेको स्वाभिमानको टेबलमाथि

तिम्रो आत्मा किन्नलाई पर्खिएको खाम थियो !


जे जे भन, कसम खाऊ ! को छ अब पत्याउने

तिमी फगत डोरिन्थ्यौ, अर्कैसँग लगाम थियोे !


बाहिरफेर भाषण गर्दा नैतिकताका कुरा गथ्र्याै

भित्र भने तिम्रो पनि नजरमा त दाम थियोे !