उखुको पत्कर जलाउँदा छिमेकीको उखु जल्यो
सर्लाहीको सीमावर्ती क्षेत्रस्थित बलरामा शुक्रबार दिउँसो एक जना किसानले आफ्नो खेतमा काटिसकेको उखुको पत्कर (पात) जलाउँदा छिमेकीको खेतमा काट्न बाँकी रहेको उखु जलेर नष्ट भएको छ ।
गण्डक नहरमा पानी भरिएपछि सिँचाइमा सहज
पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा यस वर्ष पुस १५ गतेदेखि नै भारतले पानी छाडेपछि करिब १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिँचाइ सहज भएको छ ।
संघीयतामाथि प्रश्न उठाउनु गलत : गृहमन्त्री लेखी
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको बताउनुभएको छ। उहाँले संघीयतामाथि प्रश्न उठ्यो भने संविधानमाथि नै प्रश्न उठ्ने भएकोले संघीयतामाथि प्रश्न उठाउनु जायज नभएको बताउनुभयो।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
बालिकालाई जबरजस्ती करण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले एक जनालाई नियन्त्रणमा लिएको छ ।
'सङ्घीयताले पहुँच र प्रतिनिधित्व बढाउँछ'
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीयताकै कारण जनताहरुले सिंहदरबारबाट पाउने सेवाहरु आफ्नै गाउँठाउँबाट पाइरहेको बताउनुभएको छ ।
उपभोक्ता समितिमार्फत निर्माण कार्य नगराउन व्यवसायीको माग
निर्माण व्यवसायी सङ्घ धनुषाले उपभोक्ता समितिमार्फत् निर्माणका कामहरु नगराउन मधेश प्रदेश सरकारसँग माग गरेको छ ।
छुट्टाछ्ट्टै दुर्घटनामा पाँच घाइते
बर्दीबासको छुट्टाछुट्टै तीन ठाँउमा भएको मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
मधेशमा धान उत्पादन वृद्धि
मधेश प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।
सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर
सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ ।
शीतलहरले जनजीवन प्रभावित
विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।
जीवनस्तर उकास्ने गरी काम गरिरहेका छौँ
महोत्तरीको एकडारा गाउँपालिका सदरमुकाम जलेश्वरभन्दा करिब आठ किलोमिटरको दुरीमा रहेको छ । साबिकको एकडारा, भटौलिया, हलखोरी र कोल्हुवा गाविसलाई समेटेर गठन भएको हो ।
सेवा दिने भावनासाथ शिक्षा लिन विद्यार्थीलाई मुख्यमन्त्रीको आग्रह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चिकित्सा शिक्षा अध्ययन पश्चात देशलाई सेवा दिने मनोभावका साथ शिक्षा लिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
छात्रवृत्तिसहित नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान
देशको विभिन्न भूभागहरुमा चिकित्सक अध्ययनको लागि छात्रवृत्तिमा नाम निकाल्न सफल महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका विद्यार्थी तथा अभिभावकहरुलाई पालिकाले सम्मानसहित पुरस्कृत गरेको छ ।
पत्रकारितामा ‘कपीपेष्ट’ प्रवृत्ति मौलायो : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रमा एकले अर्काको समाचार तथा समाचाजन्य सामग्री ‘कपीपेष्ट’ गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ ।
शीतलहर बढेपछि जनजीवन प्रभावित
पछिल्लो दुई दिनदेखि मधेश प्रदेशका जिल्लामा फेरि शीतलहर चल्न थालेको छ । शीतलहरले मधेशका आठ वटै जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । एक साताअगाडि
संविधान कार्यान्वयन गर्न ऐन कानुन बन्नुपर्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयता र संविधानको सफल कार्यान्वयनका लागि अति आवश्यक ऐन कानुन निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
हजुरबुबाको हत्या आरोपमा नाति नातिनी पक्राऊ
दिपकप्रसाद गौतम वीरगञ्ज, पुस २४ गते । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ जगतपुरमा ८० वर्षीय रामजान देवानको हत्या आरोपमा पर्सा प्रहरीले उनका नाति र नातिनीलाई पक्राउ गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले मङ्गलबार २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय काबुल देवानलाई आफ्नै ८० वर्षीय हजुरबुबा रामजान देवानको हत्या गरेको आरोपमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार घरायसी विवादको क्रममा सोमबार राति रामजानमाथि कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका रामजानलाई वीरगञ्जको हेल्थ केयर अस्पताल हुँदै न्युरो अस्पताल लगिए पनि उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको थियो । अनुसन्धानका क्रममा कुटपिटमा संलग्न देखिएका नाति नातिनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शीतलहरबाट मधेसका जिल्लामा जनजीवन प्रभावित
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताउनुभयो।
जय ट्रफी : बागमतीविरुद्ध आर्मीको फराकिलो अग्रता
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ ।
‘जनतासँग जसपा नेपाल’ अभियानमा अध्यक्ष यादव सप्तरीमा
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुग्नुभएको छ ।
चुरे व्यवस्थापनका लागि दक्ष जनशक्ति आवश्यक
नेपालको जनजीविकासँग अन्योन्याश्रीत सम्बन्ध राख्ने चुरे क्षेत्रको दीगो व्यवस्थापनका लागि समुदायमा जैविक विविधताको महत्त्व र यसको संरक्षणका बारे जानकारी गराउन चुरे आसपासका क्षेत्रमा अभियान सुरु गरिएको छ ।
महोत्तरीमा शीतलहर, जनजीवन प्रभावित
पश्चिमा चिसो स्याँठ र सिमसिम परिरहेको तुसारोले जनजीवन प्रभावित भएको छ ।
किशोर किशोरी प्रजनन स्वास्थ्य अधिकारबारे सचेत बन्दै
महोत्तरीमा किशोर किशोरीहरु आ–आफनो स्वास्थ्य अधिकारबारे खुलेर बोल्न थालेको पाइएको छ । महोत्तरीको आठ वटा स्थानिय निकायमा किशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएपछि यहाँका किशोर किशोरीहरु आफ्नो स्वास्थ अधिकारका विषयमा खुलेर बोल्न थालेको पाइएको हो ।