जसपाका युवाले गरे शहीदगेटको सफाइ
जनता समाजवादी पार्टी नेपालको भ्रातृसङ्गठन समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघ नेपालले संयुक्त रुपमा शहीदगेटमा शहीदहरुको शालिकको सरसफाइ गरेका छन्।
चन्द्रपुर नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण
रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शय्याको थप एक अस्पताल निर्माण हुने भएको छ ।
‘समृद्ध र सुखी सुखीपुर बनाउन लागेका छौँ’
सिराहाको बिच भागमा पर्ने पुरानो हाटबजारको केन्द्रका रूपमा रहेको सुखीपुर सात वटा गाउँपालिका
सुख्खा बन्दरगाह भन्सारबाट २३ अर्ब ३४ करोड राजस्व असुली
वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १९ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
मधेश प्रदेश सरकारले मनायो स्वाभिमान दिवस
मधेश प्रदेश नामकरण भएको सम्झनामा माघ ३ गते मधेश प्रदेश सरकारले मनाउँदै आएको मधेश स्वाभिमान दिवस यस वर्ष दिपावली गरी मनाएको छ ।
पाँच सय ३१ जनाको आँखाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
महोत्तरीका १३ पालिकामा हुलाक कार्यालय स्थापना
‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत महोत्तरी जिल्लाको पालिकाहरुमा पालिका हुलाक कार्यालय स्थापना कार्यान्वयन भइरहेको छ ।
सप्तरीमा गाडिएको अवस्थामा नाबालिकाको शव फेला
सप्तरीमा गाडिएको अवस्थामा एक नाबालिकाको शव भेटिएको सप्तरी प्रहरीले जनाएको छ । सप्तरीको राजविराज नगरपालिका १५ स्थित खाँडो खोलामा गाडिएको अवस्थामा अन्दाजी डेढ वर्षीया बालिकाको शव भेटिएको प्रहरीले जनाएको हो ।
भन्सार छलीका सामानसहित एक पक्राउ
भारतबाट अवैध रुपमा ल्याइएका भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन् ।
सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु. २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।
सरकारी सेवामा पहुँच बढाउँदै युवा
धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका युवाले पछिल्लो समय सरकारी सेवामा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् ।
भूकम्पबारे सचेतना आवश्यक
भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
मधेसमा मनाइयो २७ औं भूकम्प सुरक्षा दिवस
मधेश प्रदेशमा २७ औं भूकम्प सुरक्षा दिवस २०८१ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ भने मूलनाराका साथ मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार विहान मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रभात फेरि, भूकम्प सुरक्षा प्रर्दशनी तथा भूकम्पबाट जोगिन अपनाउनु पर्ने सावधानी विषयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
निर्माण मापदण्ड कार्यान्वयन नहुँदा भूकम्पीय जोखिम
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भवन निर्माण गर्दा लागत खर्च सस्तो खोजेर निर्माण मापदण्ड कार्यान्वयन नगर्दा भूकम्पीय जोखिम दिन प्रतिदिन बढ्दै गएको बताउनुभएको छ ।
लहान नगरपालिकाको वडा भवन उद्घाटन
लहान नगरपालिका वडा नं. ११ का वडा कार्यालय आफ्नै नवनिर्मित भवन सञ्चालनमा आएको छ ।
निःशुल्क चुल्हो वितरण
रौतहटको परोहा नगरपालिकाले नगरवासीलाई एलपी ग्यास सिलिण्डर र त्यसमा लाग्ने चुल्हो सेट निःशुल्क वितरण गरेको छ ।
सौतेनिया पोखरी ओझेलमा
रामगोपालपुर नगरपालिकामा रहेको महोत्तरी जिल्लाको सबभन्दा ठुलो सौतेनिया पोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । वनभोज स्थल, डुङ्गा सयर र घुम्नका लागि उपयुक्त भए पनि यसको उचित प्रचारप्रसार हुन सकेको छैन ।
जीर्ण पुलका कारण जोखिमपूर्ण यात्रा
पर्साको जानकी टोलदेखि रौतहटको गण्डक नहरको ३ नम्बर ब्लकसम्म फैलिएको नेपाल गण्डक सडकमा रहेका पुल जीर्ण अवस्थामा पुगेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
भोक्राहा नरसिंहमा सुरुभयो कुस्ती
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका –७ मा मकर संक्रान्तिको अवसर पारेर तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको हो ।
माघे सङ्क्रान्तिमा साधुलाई न्यानो कपडा
लायन्स क्लव अफ फूलबारी लहानले साधु सन्तलाई बिहान भोजन गराएर न्यानो कपडा वितरण गरेको छ । लहान –७ स्थित रहेको दुर्र्गा मन्दिरको अगाडि स्थानीय ८० जना विपन्न बालबालिका र साधु सन्तलाई भोजन गराउनुको साथै कपडा वितरण गरिएको क्लवका अध्यक्ष शङकरप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
सप्तरीमा माघे सङ्क्रान्तिको रौनक
सप्तरी लगायत मुलुकभरि मङ्गलबार माघे सङ्क्रान्ति हर्षोल्लासका साथ मनाइँदै छ ।
धनुषाधाममा एक महिने मकर मेला सुरु
धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरु भएको छ ।
भन्सार छलीका सामानसहित दुई पक्राउ
भन्सार छलीका सामानसहित प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बागमती नदी किनारबाट दुई जनालाई पक्राउ गरेका छन् ।
निर्माणको चरणमा रामजानकी फनपार्क
मधेश प्रदेशकै गौरवको आयोजना मानिएको बर्दीबासस्थित रामजानकी फनपार्क निर्माणको चरणमा प्रवेश गरेको छ । नगरपालिकाले वडा नं १४ स्थित रातु नदीको तटवर्ती क्षेत्रमा रामजानकी फनपार्क निर्माणका लागि जग्गा व्यवस्थापन प्रकृया सुरु गरेको जनाएको छ ।