मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ ।
विपन्न परिवारलाई सिरक वितरण
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आइतबार चन्द्रनगर गाउँपालिका –३ र ४ का ५५ दलित विपन्न परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
बजेट वक्तव्य संशोधन गर्न प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
मधेश प्रदेश सभाको बसेको बैठकले सङ्कल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ। प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौ बैठकले मधेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित गरेको हो।
जानकी नगरमा हात्ती आतङ्क
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकी नगरमा जङ्गली हात्तीले घरका बेराघेरा भत्काउने र खेतमा लगाएको अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
दलित बस्तीमा कम्बल वितरण
लहान नगरपालिका ११ र १४ नं. वडाको सिमानामा पर्ने दलित (राम) बस्तीका स्थानीयहरुलाई शीतलहरबाट जोगिन लहान नगरप्रमुख महेश प्रसाद चौधरीले लहान ८० थान न्योनो कम्बल वितरण गर्नुभएको छ ।
सिराहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि
सिराहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिराहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले जानकारी दिनुभयो ।
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ ।
थारू सांस्कृतिक नृत्यमा हरिभवन पुरस्कृत
सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित पचगछियामा आयोजित थारू सांस्कृतिक नृत्य प्रतिस्पर्धामा थारू कल्याणकारी गाउँ एकाइ हरिभवन पहिलो भएको छ ।
बलिदानी दिवसमा जनकपुर धाममा एक लाख दीप प्रज्वलन
मधेस प्रदेश सरकारद्वारा शनिवार साँझ बलिदानी दिवसको अवसर पारेरजनकपुर धाममा एक लाख दीप प्रज्वलन गरिएको हो ।
सहिदको मिहिनेतले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न आन्दोलनको क्रममा बलिदानी दिएका सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि बढनुपर्ने बताउनुभएको छ ।
अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
विद्यालय भवन शिलान्यास
रौतहटको बौद्धीमाई नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार यादवले १२ कोठे विद्यालय भवनको एक कार्यक्रमबिच शिलान्यास गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङको ग्रामथान २ झोराहाट पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ ।
समाजवादी मोर्चासँग सहकार्य हुँदैन : जसपा अध्यक्ष यादव
जनता समाजवादी नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरुको बाहुल्य रहेको समाजवादी मोर्चासँग कुनै सहकार्य नहुने बताउनुभएको छ । बलिदानी दिवसको अवसरमा लहानको मुख्यचोकमा रहेको रमेश महतो सहिद पार्कमा रहेका सहिदहरुलाई मल्यापर्ण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
लागू औषध कारोबारी पक्राउ
सुनसरीको धरानबाट एक जना लागू औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान उप–महानगरपालिका वडा नं.१५ सुवेदी टोलबाट लागू औषध कारोबारीलाई पक्राउ गरेको हो ।
सीमा अपराध निरुत्साहन गर्न पहल
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने तथा दशगजा क्षेत्रमा संयुक्त निगरानी गर्ने योजना बनाउँदै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बिच डिआइजी स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । शुक्रवार बसेको बैठकको नेतृत्व सशस्त्र प्रहरी नं. ५ बाहिनी मुख्यालय चन्द्रौटाका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रदीप कुमार पाल तथा भारतका सेक्टर हेडक्वार्टर लखीमपुर खेरीका डिआइजी बी। विक्रमन र सेक्टर हेडक्वार्टर गोरखपुरका डिआइजी मुन्ना सिंहले गर्नुभएको हो ।
बलिदानी दिवसको तयारी पूरा
लहानको मुख्य चोकमा रहेको सहिद पार्कमा बलिदानी दिवस मनाउने तयारी पूरा भएको छ । माघ ५ गते शनिबार सहिद पार्कमा बिहानैदेखि सहिदलाई माल्यार्पण गर्ने कार्य तय भएको छ । २०६३ माघ
नागरिकताका लागि सास्ती भोग्दै महिला
मधेशका दलित, मुसहर तथा ग्रामीण भेगका महिलाले अझै पनि नागरिकता प्रमाणपत्र लिन सास्ती भोग्नु परेको छ । विशेष गरी विवाहित महिलाको हकमा नागरिकता लिन पति वा पतिका घरतर्फका सदस्यको सनाखत अनिवार्यले महिलालाई थप समस्या भोग्नु परेको हो । यसले गर्दा ती महिलाबाट जन्मेको बालबालिका शिक्षा र सरकारी सेवासुविधाबाट समेत वञ्चित भइरहेको अवस्था छ । जनकपुर
धनुषाधामवरपरको महिमा
मधेश प्रदेशको राजधानी जनकपुर (धनुषा जिल्ला) को धनुषाधाममा माघेसङ्क्रान्तिका दिन भव्य मेला लाग्ने गरेको छ ।
दुई सय बढी मुसहर बालबालिकाले विद्यालय जान छाडे
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।
नकटाझिज बन्दैछ खेलाडी उत्पादक
धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खेल मैदानमा ११ वर्षीय लक्ष्मीनियाकुमारी दास एकाबिहानै हक्की खेलको अभ्यास गर्न पुग्नुहुन्छ ।
बागमतीमा निःशुल्क आँखा शिविर
सर्लाहीको बागमती नगरपालिकामा आजबाट बृहत आँखा परीक्षण शिविर सुरु भएको छ । नगरपालिका कार्यालयले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग समन्वय गरी निःशुल्क आँखा शिविर प्रारम्भ गरेको हो ।
समयमै मुआब्जा नपाउँदा घरबारविहीन भएको गुनासो
महोत्तरीको बर्दिबास नगरपालिकाका पीडितहरुले रेल विभागले समयमै मुअब्जा नदिएर घरबारविहीन बनाएको आरोप लगाएका छन् ।
'सहिद परिवारलाई शिक्षा स्वास्थ्य साथै रोजगारीको व्यवस्था हुनुपर्छ'
राज्यले सहिदको सम्मानका साथै सहिद परिवारलाई निशुल्क शिक्षा, स्वास्थ्य उपचार र जीवनयापनको लागि रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिनुभएको छ ।