प्रकृतिमैत्री बाँसघर ओझेलमा
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसरमा बनेको प्रकृतिमैत्री बाँसघर ओझेलमा परेको छ । डेनमार्कको दातृ संस्था डानिडाको सहयोगमा चुरे जलाधार संरक्षणको क्षेत्रमा काम गर्दैआएका जीवन केन्द्र धनुषाले सन् २०१० मा बाँसैबाँसको प्रयोग गरेर निर्माण गरिएको प्रकृतिमैत्री बाँसघर उचित स्याहार र ठाउँको बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् ।
पोल्टी फार्ममा आगलागी हुँदा लाखौँको क्षति
सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित एक पोल्टी फार्ममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । विष्णुपुर गा.पा. ६ स्थित बैरगमा गाउँमा सञ्चालित राजीव पोल्टी फार्ममा मंगलबार राती आगलागी हुँदा लाखौँको क्षति भएको हो ।
आठ सय ९१ मिटर ब्याजीको मुद्दा मिलापत्र
बारामा चालु–आर्थिक वर्ष ०८०-८१ को वैशाख ४ गतेसम्म अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी आठ सय ९१ वटा मुद्दा मिलापत्र भएको छ ।
यादवलाई विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतको पक्षमा ६१ मत प्राप्त भएको छ । नेकपा (एमाले) को २४, जसपाको १९, नेकपा (माओवादी केन्द्र) को नौ, नेकपा (एकीकृत समाजवादी) को सात तथा नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक एक मत विश्वासको पक्षमा परेको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका(लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सुस्त मनस्थिति भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गौशाला नरपालिका–७ जमुनियाका ५६ वर्षीय गिरीदेव चौधरीलाई बलात्कार आरोपमा मङ्गलबार पक्राउ गरेको हो ।
आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । आज स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।
जनमत पार्टीको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित
चौथो पटक विश्वासको मतका लागि बोलाएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभाको कार्य प्रारम्भमै जनमत पार्टीले अवरोध गरेपछि प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनु भएको छ ।
पदस्थापन नहुँदा शिक्षक अलपत्र
शिक्षक सेवा आयोगको परीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्र्साबाट स्थायी नियुक्तपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगरपालिका पुगेका शिक्षकलाई महानगरपालिकाले पदस्थापना नगर्दा अलपत्र परेका छन् ।
महोत्तरीका ७१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ ।
मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिनुहुँदै
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँको १५ महिनाको कार्यवधिमा यो चौथो पटक विश्वासको मत लिँदै हुनुहुन्छ।
देश र जनहितका काममा विलम्ब नगरौँः जुलीकुमारी महतो
यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् ।
बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–९, बडहरीमा राँगा काट्न आफैले प्रहार गरेको बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु भएको छ ।
नाउपासँग एकीकरण गर्ने सदभावनाको सहमति भङ्ग
नेपाल सद्भावना पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्ने सहमति भङ्ग गरेको छ । सोमबार सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले जारी गर्दै नाउपासँग पार्टी एकीकरण गर्ने सहमति भङ्ग गरेको बताउनुभएको छ ।
मुख्यमन्त्री यादवको एक वर्ष तीन महिना : चौथो पटक विश्वासको मत लिने
मधेश प्रदेश सरकारको नेतृत्व अर्थात् मुख्यमन्त्रीको पदभार सम्हाल्नु भएको सरोजकुमार यादवको कार्यविधि एक वर्ष तीन महिना छ दिन मात्र भएको छ ।
नगरवासीलाई घरदैलौमै सेवा उपलब्ध गराउन एकीकृत घुम्ती शिविर
जिल्लाको मटिहानी नगरपालिकाले हरेक वर्ष झैँ यसवर्ष पनि नगरवासीलाई घरदैलौमा नै सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको छ ।
काठ चोरीको आरोपमा प्रहरी चौकी घेराउ, इन्चार्ज उपर कारवाही
चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्जले काठ चोरी गरेको भन्दै सोमबार बिहान स्थानीयले चौकी घेराउ गरेपछि इन्चार्ज उपर कारवाही हुने भएको छ ।
कार्यक्रम लोकप्रिय, अभिभावक निराश
मधेश प्रदेश सरकारले सञ्चालन गरेको छोरी शिक्षा बिमा मुद्दती बचत खाता कार्यक्रम (छोरी शिक्षा बिमा) अन्तर्गत शिविर सञ्चालन गरेको चार वर्षभन्दा बढी भयो । शिविरमा बिमा फाराम भरेकाको सङ्ख्या
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न
मिथिला क्षेत्रमा वासन्ती [चैती] छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य [अर्घ] दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।
मत्सरीमा चैतेनवरात्राको अवसरमा हरिवंशपुराण वाचन
चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ ।
वडा कार्यालय भवनको शिलान्यास
धनुषाको मिथिला नगरपालिका–१, लक्ष्मीनिवासको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । आइतबार वडाध्यक्ष जोगी महतो र पूर्व वडाध्यक्ष लक्ष्मी महतोले संयुक्त रूपमा कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।
गहुँ खेतमा महिलाको शव भेटियो
धनुषाको सहिदनगर नगरपालिका–४, ननुपट्टीस्थित गहुँ खेतमा महिलाको शव फेला परेको छ ।
कालोपत्रे भएपछि राहत
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सर्लाहीको बबरगन्जदेखि भेल्हीसम्मको सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दा र यात्रुले राहत पाएका छन् । फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत पर्ने बबरगन्ज–भेल्ही खण्ड लामो समयसम्म अलपत्र अवस्थामा रहँदा सडक छेउछाउ घर भएका स्थानीयवासी र यात्रुले हिउँदयाममा धुलो तथा वर्षायाममा हिलोको सास्ती खेप्दै आएका थिए । अहिले भने उक्त सडक कालोपत्रे भएसँगै धुलो र हिलोको समस्याबाट मुक्ति मिलेको स्थानीयले बताएका छन् ।
मधेश प्रदेशमा सार्वजनिक बिदा
तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।