• २१ असार २०८२, शनिबार

वित्तीय खाडल न्यूनीकरणका लागि व्यवहारिक कार्य योजना अघि सार्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आह्वान

blog

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किनुभएपछि विमानस्थलमा स्वागत गरिदै ।

काठमाडौँ, असार २० गते । विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको छ ।

राष्ट्र सङ्घका महासचिवको  निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओलीको ६ दिने भ्रमण सफल र फलदायी भएको परराष्ट्र सचिव अमृत राईले बताउनु भयो । प्रधानमन्त्रीको भ्रमणबारे ब्रिफिङ गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यवहारिक कार्य योजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभएको बताउनु भयो ।

उहाँका अनुसार खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालनका लागि राष्ट्र प्रमुख स्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाल समेत खानेपानी तथा सरसफाइको उक्त अभियानमा समावेश भएको घोषणा गर्नुभएको छ । उहाँले स्वच्छ खानेपानीको अधिकारलाई नेपालको संविधानले मौलिक हकको रूपमा सम्बोधन गरेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध व्यक्त गरेको पनि बताउनु भयो । 

सचिव राईले भन्नुभयो, ‘उहाँले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यवहारिक कार्य योजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभयो ।

सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रज्युले खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालनका लागि राष्ट्र प्रमुख स्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै नेपाल खानेपानी तथा सरसफाइ उक्त अभियानमा समावेश भएको घोषणा भएको पनि गर्नुभयो । साथै नेपालको संविधानले स्वच्छ खानेपानीको लाई मौसलक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै स्वच्छ खानेपानी तथा सरसफाइ लगायतका आधारभूत सेवाहरू प्रदान गर्न सरकार प्रतिबद्ध रहेको कुरा बताउनु भयो ।’

सचिव राईले स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गरेको पनि जानकारी दिनुभयो । त्यस क्रममा  स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो ।