धादिङबेँसी समाचारदाता
धादिङबेँसी, असार २० गते । धादिङको ज्वालामुखी गाउँपालिकाले कृषकलाई अनुदानमा मिनी ट्रिलर वितरण गरेको छ ।
कृषकलाई कृषि क्षेत्रमा काम गर्न सहज होस् भनेर ५० प्रतिशत गाउँपालिकाको अनुदान र ५० प्रतिशत सम्बन्धित कृषकको लगानीमा मिनी ट्रिलर वितरण गरिएको हो । कृषि क्षेत्रमा आबद्ध ५८ जना कृषकलाई गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले मिनी ट्रिलर वितरण गर्नुभएको हो ।
गाउँपालिकाका अध्यक्ष दनैले कृषिलाई यान्त्रिक र आधुनिक बनाउँदै बजारीकरणमा जोड दिँदै गाउँपालिकाले विशेष योजना बनाएर कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।