मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै बुधबारदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।
अवैध काठसहित टयाक्टर नियन्त्रणमा
ट्याक्टर प्रयोग गरी अवैध रूपमा ओसारपसार भइरहेको काठसहित एक जनालाई वन कर्मचारीले पक्राउ गरेको छ ।
माझी बस्तीको निरीक्षण
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित माझी टोलमा चिकित्सकसहितको विज्ञ टोलीले निरीक्षण गरेका छन् ।
कांग्रेस परित्याग गरी २६ जना जसपा नेपालमा प्रवेश
सप्तरीको राजगढ गाउँपालिका ३ स्थित झौहरा चौकमा नेपाली कांग्रेस परित्याग गरी २६ जना जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन् ।
मधेशमा भूकम्पबारे विवरण सङ्कलन गरिँदै
मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा मधेश प्रदेशको सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले प्रदेशमा पुर्याए क्षति बारे विवरण सङ्कलनको काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गर्नुभएको हो ।
कतै शीतलहर, कतै घाम
पछिल्लो सातादेखि मधेश प्रदेशका जिल्लामा शीतलहरको प्रभाव कम हुँदै गएको छ । बिहान बाक्लो हुस्सु, शीतलहर चले पनि दिउँसोपख घाम लाग्ने गरेकाले शीतलहरको असर कम देखिएको हो ।
सहकार्यतर्फ अग्रसर मधेशकेन्द्रित दल
सत्ता र शक्तिको खेलमा लागेर छिन्नभिन्न भएका मधेशकेन्द्रित दलहरू नयाँ ढङ्गले सहकार्य गर्न अग्रसर भएका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राजनीतिक स्थिर
आज मधेस प्रदेश सभाको अधिवेशन
आज दिउँसो १ बजेदेखि मधेस प्रदेश सभाको चौथो अधिवेशनको बैठक बस्दै छ ।
घाम लागेपछि मध्य तराईमा राहत
बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको थियो ।
'इजोरिया' सार्वजनिक
चेतना अभावमा शिक्षाबाट वञ्चित समुदायलाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यले मैथिली भाषामा निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।
चल्यो शीतलहर,जताततै दाउराको माग
मधेश प्रदेशका जिल्लामा शीतलहर चल्दा अत्यधिक चिसो बढेको छ । बिहानबेलुका बाक्लो हुस्सु, शीतलहर चल्दा चिसोबाट जोगिन स्थानीय बासिन्दाले दाउराको माग गर्न थालेका छन् ।
बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु
वीरगञ्ज महानगरपालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ ।
चिसोले जनजीवन प्रभावित
लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।
ठगी धन्दामा लागेका रजक पक्राउ
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका –७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजकले पैसा डबल गर्ने धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
चिसाे बढेपछि दाउराको माग बढ्याे
शीतलहरसँगै बढेको अत्यधिक चिसोबाट बच्नका लागि आगो ताप्न दाउराको व्यवस्था नहुनाले सर्वसाधारणलाई समस्या भएको छ ।
जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ ।
जय ट्रफी दुई दिवसीय क्रिकेट सुरु
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आजबाट सुरु भएको छ ।
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
पाँच हजार विद्यार्थीलाई ट्राफिक प्रशिक्षण
सडक असुरक्षा न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ । यस अभियानमा नगर क्षेत्रका २३ वटा माध्यमिक विद्यालयका पाँच हजार ७० जनालाई समेटिएको छ । बर्दीबास ट्राफिकको यो महìवाकाङ्क्षी अभियानमा विद्यार्थीसाथ उनका अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षक र कर्मचारीलाई समेत सहभागी गराइने तालिका रहेको छ ।
शीतलहरपीडितलाई सेनाको सहयोग
मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् ।
माझी बस्तीका वीरबहादुरसँग मुख्यमन्त्रीको फोन संवाद
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नवजात शिशुको मृत्यु हुने गरेको पीडामा रहेका मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग फोन संवाद गर्नुभएको छ।
उखु बारीबाट इँटा व्यवसायीको शव बरामद
सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको हत्या भएको खबर छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको हत्या भएको प्रहरीको भनाइ छ ।