• २३ पुस २०८१, मङ्गलबार

पाँच हजार विद्यार्थीलाई ट्राफिक प्रशिक्षण

blog

बर्दीबास समाचारदाता

बर्दीबास, पुस २१ गते । सडक असुरक्षा न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ । यस अभियानमा नगर क्षेत्रका २३ वटा माध्यमिक विद्यालयका पाँच हजार ७० जनालाई समेटिएको छ । बर्दीबास ट्राफिकको यो महìवाकाङ्क्षी अभियानमा विद्यार्थीसाथ उनका अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षक र कर्मचारीलाई समेत सहभागी गराइने तालिका रहेको छ । 

विद्यालयका बालबालिका सूचनाका संवाहकसमेत भएकाले विद्यालय तहबाट सडक सचेतना कार्यव्रmमको थालनी गरेको बर्दीबास ट्राफिक प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो । उहाँले यो कार्यक्रम पुसदेखि माघसम्म प्रत्येक विद्यालयमा क्रमिक रूपमा गर्दै जाने जानकारी दिनुभयो । अभियानको थालनी बर्दीबास–१ स्थित देउराली माध्यमिक विद्यालयबाट गरिएको छ । यसको उद्घाटन बर्दीबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री र प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले शुव्रmबार संयुक्त रूपमा गरेपछि अभियानको औपचारिक सुरुवात भएको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले यसै महिनादेखि पूर्वपश्चिम राजमार्ग एसियाली मापदण्डमा स्तरोन्नति हुने भएकाले ट्राफिक ज्ञान तथा सडक अनुसारको औचित्य र महìव थप आवश्यक भएको बताउनुभयो । सडक अनुशासनको पालना दण्ड र जरिबानले भन्दा पनि शिक्षा, सचेतना र सहमतिले हुने भएकाले ट्राफिकको विद्यालय अभियानलाई नगरपालिकाले सहयोग र सहकार्य गरेको उहाँको भनाइ थियो ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कवाडीले ट्राफिक नियम र सडक अनुशासनलाई संस्कारका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सवारी लाइसेन्सलाई सहज बनाउन आफ्नो तहबाट पनि सहजीकरण गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो । प्रजिअ कवाडीले भन्नुभयो, “अव्यवस्थित पार्किङ, अतिक्रमित सडक, सडकमै हाटबजार जस्ता समस्या समाधानका लागि तपाईंहरू कदम बढाउनूस् प्रशासनले आवश्यक सहयोग गर्छ ।”

महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले भन्नुभयो, “सडक सुविधा मात्र हैन । नजान्दा यो दुर्घटना स्थल पनि हो । ट्राफिक नियम र सडक अनुशासनको पालनाले दुर्घटनाबाट बच्न सकिने हुँदा यो अभियान सञ्चालन गरिएको हो ।” 

पथलैयास्थित मधेश प्रदेश ट्राफिक प्रमुख भीमकिरण बोगटीले नियम लाद्ने र राजस्व असुल्ने मात्र ट्राफिक प्रहरीको लक्ष्य नभएको स्पष्ट पार्नुभयो । उहाँले ८० प्रतिशत दुर्घटना मोटरसाइकलका कारण भएको छ । उहाँले ट्राफिकको एक्लो प्रयासले मात्र सडक सुरक्षा हुन नसक्ने भएकाले सबैको सहयोग, सहकार्य, दायित्वबोध र ट्राफिक नियमको पालनाले मात्र यसलाई न्यून गर्न सकिने बताउनुभयो ।