धनगढी समाचारदाता
धनगढी, असार २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आवश्यकता नभएको ठाउँमा विनियोजित बजेट कार्यान्वयन नहुने बताउनुभएको छ । नेपाल वन प्राविधिक सङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको शुव्रmबार आयोजना गरिएको शपथग्रहण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री शाहले भन्नुभयो, “यदि आवश्यकता नभएको ठाउँमा बजेट विनियोजन भएको छ भने कार्यान्वयन हुँदैन ।”
बजेट निर्माणको क्रममा जे जति टीकाटिप्पणी भए त्यो छानबिन र कार्यान्वयनको जिम्मेवारी अब कर्मचारीको रहेको उल्लेख गर्दै उहाँले सुधार गर्ने, विधि र विधान पूरा गर्ने दायित्व कर्मचारीको काँधमा रहेको बताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको क्षेत्र र जिम्मेवारी ठुलो रहेको भन्दै मुख्यमन्त्री शाहले यो मन्त्रालयबाट सही सन्देश दिन नसकेमा कहीँ पनि पुग्न नसकिने धारणा राख्नुभयो ।
मुख्यमन्त्री शाहले आफूले कर्मचारीसँग मित्रवत् रूपमा काम गर्न चाहेको बताउँदै सरकारको हिसाबले सधैँभरि कर्मचारीको साथमा रहने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पनि तपार्इंहरूको साथ र सहयोगको ठुलो अपेक्षा गरेको छु । सबैलाई जिम्मेवार बन्न आग्रह पनि गर्दछु ।” रामऔतार चौधरीको अध्यक्षतामा नेपाल वन प्राविधिक सङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ कमिटी गठन गरिएको छ ।