सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेश सरकार
मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बिमाको सहुलियत पाउने भएका छन् ।
इच्छाशक्ति भएपछि काम हुँदो रहेछ : मन्त्री लेखी
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले इच्छा शक्ति भएपछि काम गर्न सकिने बताउनुभएको छ।
मधेश प्रदेशले छ सय छात्रालाई छात्रवृत्ति दिँदै
मधेश प्रदेश सरकारले सीमान्तकृत तथा विपन्न समुदायका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रव्रिmया अघि बढाएको छ । सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेश सरकारले छात्रवृत्ति दिन प्रव्रिmया अगाडि बढाएको हो ।
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ ।
मधेश सरकारको प्रबक्ताको जिम्मेवारी मन्त्री लेखीलाई
मधेश प्रदेश सरकारको मंगलबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहको निवास मधेश भवनमा बसेको मन्त्रिपरिषदको बैठकले मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी गृह सञ्चार तथा कानुन्मन्त्री राजकुमार लेखीलाई दिने निर्णय गरेको छ ।
प्रहरीले ७६ लाख मूल्यका सामान किन समात्यो
जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढी सामान बोकेर वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
कक्षाकोठा थप भएपछि पढाइ सहज
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका-६ मगरथानामा रहेको श्री नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठा थप भएपछि विद्यार्थीहरुको पढाइ सहज भएको छ ।
तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु
बर्दिवास ११ स्थित निर्मललामा बहु प्राविधिक शिक्षालयका एक साथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिरहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङकु शर्माको मृत्यु भएको हो ।
पर्यटकलाई स्वागत गर्न पोखरिया ताल
मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनुषाको ढल्केबरस्थित पोखरिया तालमा इस्वी सम्वतको नयाँ वर्ष २०२५ को अवसमा पिकनिक तथा घुम्न आउने पर्यटकको सुविधाका लागि विभिन्न तयारी गरिएको छ ।
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
डुङ्गा सयर गर्दै
सप्तरी, पुस १६ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित सखडामा रहेको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र मन्दिर परिसरमा रहेको पाेखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिरः रासस
साइबर सुरक्षा र एआईसम्बन्धी अभिमुखीकरण
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताउनुभएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा सोमबार यहाँ
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो ।
ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
नयाँरोड–मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया शान्ति चोकमा सोमबार राति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारिता क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आजको परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री लेखी
मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान लोकतान्त्रिक व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताउनुभएको छ ।
वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’
वीरगञ्ज महानगरले घण्टाघरचोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ ।
तराईमा शीतलहर : विपद् पूर्वतयारी कमजोर
धनुषा लगायत तराईका जिल्लामा सोमबारदेखि शीतलहर चल्न थालेपछि चिसो बढेको छ ।
रौतहटको दलितबस्तीमा आगलागी : सात घर जलेर नष्ट
रौतहटको राजदेवी नगरपालिका–५ को एक दलितबस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । स्थानीय जगरनाथ पासवानको घरमा सल्किएको आगोले पालिकाको पताही गाउँमा रहेको दलितबस्तीको सात घर खरानी बनाएको हो ।
दुधमती नदी नक्साङ्कन सुरु
धनुषा र महोत्तरीमा पर्ने दुधमती नदीको नक्साङ्कनको कार्य आइतबारदेखि सुरु भएको छ । मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा
लहानमा अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या
व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जभाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।
व्यापारीले यसरी सङ्कलन गर्छन् गोलभेँडा
सर्लाहीको हरिवनस्थित तिनघरे लच्कामा रहेको गोलभेँडा सङ्कलन केन्द्रमा किसानबाट खरिद गरेर अन्यत्र निकासका लागि क्यारेटमा राखिएको स्थानीय जातको गोलभेँडा ।
इनरुवालाई कबड्डीे उपाधि
सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा सम्पन्न भएको स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवा टिमले हात पारेको छ ।
एनपिएल विजेता जनकपुरलाई गौरमा स्वागत
रौतहट जिल्लाको सदरमुककाम गौरमा नेपाली प्रिमियर लिग (एनपिएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई भव्य स्वागत गरिएको छ ।