• २० पुस २०८१, शनिबार

इच्छाशक्ति भएपछि काम हुँदो रहेछ : मन्त्री लेखी

blog

एक दिवसीय साइबर सुरक्षा र एआई सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, पुस १७ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले इच्छा शक्ति भएपछि काम गर्न सकिने बताउनुभएको छ। मङ्गलबार लहानमा आमसञ्चार प्राधिकरण जनकपुरधामले आयोजना गरेको साइबर सुरक्षा र एआ सम्बन्धी एक दिइने अभिमुखीकरण कार्यक्रममा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

६ वर्षमा नबनेको शिक्षा नीति आफू मन्त्री भएको दुई महिनामा बनाएको पछि शिक्षा मन्त्रीबाट गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेपछि ६ महिनामा मधेश प्रदेशको पत्रकारलाई स्वास्थ्य तथा दुर्घटना बिमा सुरुवात, विपद् मा पर्ने परिवारलाई एक लाखको दरले सहयोग, प्रदेश प्रहरी भवन निर्माणका लागि २३ करोड प्रदान, आगलागी परिवारलाई दस हजारको दरले सहयोग, विभिन्न प्रहरी एकाइ भवन निर्माणका लागि १९ करोड विनियोजन,सहिद परिवारलाई स्वास्थ्य–दुर्घटना बिमा सुरुवात, प्रदेश सुरक्षा नीति निर्माण सम्पन्न लगायत दुई दर्जन कार्य सुरु गरिसकेको उहाँले बताउनुभयो। 

मन्त्री लेखीले भन्नुभयो, "पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीको अध्यक्ष प्रचण्डले परिवर्तनका लागि खेलिएको भूमिकाको कदर गर्छौं तर पाँच वर्ष प्रधानमन्त्री पदमा आसिन रहँदा कानुन बनाउन नसकेको अहिले पदबाट हटेपछि जनतालाई उक्साउने कार्य गरिरहनु भएको छ । अब काम गर्नेबेला आएको हो गफ गर्ने र काम गर्नेलाई जनताले पहिचान गरिरहेको छ ।" रवि लामिछानेले सहकारीमा गरेका ठगी उजागर भइरहेको मन्त्री लेखीले भन्दै पत्रकारहरुलाई जिम्मेवार भएर सहि सत्य तथ्यलाई बाहिर ल्याउन उहाँले आग्रह गर्नुभयो । 

एक दिवसीय साइबर तथा एआ प्रविधिको सकारात्मक नकारात्मक पक्षबारे पत्रकार जीवन भण्डारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुभएको थियो । अभिमुखीकरण कार्यको समपन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशको उपाध्यक्ष अम्बिका दाहालले मधेशमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुको साथै सामाजिक न्यायको विषयलाई समेत ध्यानमा राखेर सामाचार लेखनको क्रममा साइबर सुरक्षा र आए प्रविधिको ज्ञान हुन आवश्यक रहेको बताउनुभयो । उहाँले थप्नुभयो, "नेपाल पत्रकार महासङ्घ छाता सङ्गठन भएकोले सबै पत्रकारहरूको अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी छ । पत्रकार र पत्रिका आत्मनिर्भर बनाउन मधेश प्रदेश नेपाल पत्रकार महासङ्घले काम गरिने योजनामा रहेको छ ।"

आम सञ्चार प्राधिकरण मधेश प्रदेशले पत्रकाररिता तालिम, पत्रकारहरुको वृति विकास, बिमा कार्यक्रम र जिम्मेवार पत्रकारिताका लागि उपलब्ध स्रोत साधनबाट निरन्तर कार्य गरिरहेको प्राधिकरणका अध्यक्ष श्या सुन्दर यादवले बताउनुभयो । साइबर सुरक्षा र आए कार्यक्रम सिरहाका ८५ जना पत्रकारहरूलाई सहभागी गराएर ए दिइने दिइएको अभिमुखीकरण कार्यक्रमले ठुलो सहयोग भएकोमा आमसञ्चार प्राधिकरण जनकपुरधामलाई नेपाल पत्रकार महासङ्घ सिराहा शाखाका अध्यक्ष मनोज कुमार बनैताले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

कार्यक्रममा प्रदेश सभा सदस्यहरू क्रमशः लललिता दास जिवछी यादव र राजेन्द्र प्रसाद यादवको समेत उपस्थिति रहेको थियो ।