प्रधानमन्त्री ओली पर्सामा
प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाललगायतलाई आइतबार एमालेमा प्रवेश गराउनुभएको छ ।
पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने
पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने भएको छ ।
जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्।
उखु किसानको २५ करोड भुक्तानी
उखुको खरिद प्रक्रिया र भुक्तानीको विषयलाई लिएर अन्य जिल्लामा किसान र उद्योगिबिच विवाद चुलिएको बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखुको भुक्तानी दिन सुरु गरेको छ ।
'वर्तमान सरकारलाई असफल हुने छुट छैन'
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्व कायम गर्न दुई ठुला दलबिच गठबन्धन गरिएको बताउनुभएको छ।
सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताउनुभएको छ ।
पराल बिक्री नहुँदा किसान चिन्तित
केही दशकअघि धान काटिसकेपछि पराल खरिदबिक्री हुने गथ्र्याे । केही वर्षयता किसानले ट्याक्टरले खेतीपाती गर्न थालेपछि परालको खरिदबिक्री नहुँदा
ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा
तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ ।
जनकपुरधाम विवाहका लागि उपयुक्त गन्तव्यः राजदूत रोब
बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाउनुभएको छ ।
सडक निर्माणमा लाग्ने मन्त्रीको प्रतिवद्धता
सर्लाहीको सीमावर्ती क्षेत्र विष्णुु गाउँपालिकादेखि हरिवन–क्यानेश्वर हुँदै मदन भण्डारी राजमार्गलाई जोड्ने सडक निर्माणका लागि शनिबार दुुई मन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको काममा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।
रुखबाट लडेर मृत्यु
सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु भएको हो ।
देश राजनीतिक स्थायित्वको यात्रामा छ : महासचिव पोखेरल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल अहिले राजनीतिक स्थायित्वको यात्रामा अगाडि बढेको बताउनुभएको छ । महोत्तरीको रामगोपालपुरमा आयोजना गरिएको वृहत पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा महासचिव पोखरेलले त्यस्तो बताउनुभएको हो ।
महोत्तरीमा एनपिएल ट्रफी उत्साह
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेर जनकपुर फर्किएको जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई महोत्तरी जिल्लाको मटिहानी र जलेश्वरमा भव्य स्वागत गरिएको छ ।
नियतवश घर लिलामी गरेको भन्दै व्यवसायी आन्दोलित
जनकपुरधाम उपमहानगरपालिकाको मिल्स एरियामा रहेको सिद्धार्थ बैङ्क लिमिटेडको ऋण व्यवस्थापन प्रक्रियामा उठेको विवादले स्थानीय व्यवसायी आन्दोलित भएका छन् ।
जलेश्वर कारागार दुरवस्थामा
अव्यवस्था र उपेक्षाको सिकार बनेको जलेश्वर कारागार अनेकन समस्या, बेथिति र विसङ्गतिमा परेको छ ।
अनुुदानको मलमा कालोबजारी
सर्लाहीमा कृषि सहकारीबाटै अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ । सधैँ अपुग भइरहने रासायनिक मल कालोबजारी हुँदा किसान मारमा परेका छन् ।
मुख्यमन्त्रीद्वारा अस्पताल भवन उद्घाटन
मधेश प्रदेशका मुुख्यमन्त्री सतीशकुमार सिंहले शुक्रबार सर्लाहीमा प्रादेशिक अस्पताल मलङ्गवाको नवनिर्मित भवनको उद्घाटन गर्नुुभएको छ ।
पत्रकारको बीमा गराउने विषयमा सम्झौता
मधेश प्रदेशका पत्रकारलाई एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्ने विषयमा मधेश प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीविचमा शुत्रबार सम्झौता भएको छ ।
बालविवाहमुक्त पालिका बनाउन बालिका सम्मेलन
बालविवाहमुक्त पालिका घोषणा गराउने उद्देश्यका साथ धनुषाको लक्ष्मिनियाँ गाँउपालिकाको सपहीस्थित विपी माध्यमिक विद्यालयको प्राङ्गणमा शुत्रबार बालिका सम्मेलन सम्पन्न भएको छ ।
नियतवश घर लिलामी गरेको भन्दै जनकपुरधामका व्यवसायी आन्दोलित
जनकपुरधाम उपमहानगरपालिकास्थित मिल्स एरियामा रहेको सिद्धार्थ बैंक लिमिटेडको ऋण व्यवस्थापन प्रक्रियामा उठेको विवादले स्थानीय व्यवसायीहरूलाई आन्दोलित बनेका छन् ।
माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो
तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् ।
पाँच हजार विद्यार्थीलाई ट्राफिक प्रशिक्षण
चुनौतीपूर्ण बन्दै गएको सडक असुरक्षा न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ ।
तरुलको व्यापार (फोटो फिचर)
सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा किसानले खनेको तरुल बजार लाने तयारीमा छन् । तरुल खेतबाटै प्रतिकिलो रु ३५ देखि रु ५५ सम्ममा बिक्री हुने भएकाले किसानहरूले राम्रो आम्दानी हुने गरेको किसानहरू बताउनुहुन्छ ।
‘सुन्दर, सफा र समृद्ध गाउँपालिका बनाउँछौँ’
धनुषाको १८ वटा पालिकामध्येको एक औरही गाउँपालिका जनकपुरधामबाट आठ किलोमिटर पूर्वीमा पर्छ । छ वटा वडा रहेको पालिकामा चार हजार ७९३ परिवार छन् । यस पालिकाको क्षेत्रफल २५.५६ वर्ग