• २१ असार २०८२, शनिबार

सुनवल रोजगार शाखाद्वारा ७७ जनालाई रोजगार

blog

सय दिनको रोजगारमा संलग्नहरु । तस्बिर : कल्पना खरेल

कल्पना खरेल
नवलपरासी पश्चिम, असार २१ गते ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको छ ।

नगरपालिकाको १३ वटा वडाबाट ३०५ सूचिकृत वेरोजगारमध्ये ७७ जनालाई सय दिनको रोजगारमा संलग्न गरिएको हो । त्यस्तै, वडा नम्बर ११ र वडा नम्बर ६ गरी ५५ जनालाई वित्तीय साक्षरता तालिम प्रदान गरिएको रोजगार शाखा प्रमुख कृष्ण ढकालले बताउनुभयो ।

उद्यमसगँँ जोड्न वित्तीय साक्षरता तालिममा सहभागी भएका वैदेशिक रोजगारमा गएका वडा नम्बर ११ र वडा नम्बर ४ का परिवारको समूहलाई टपरी बनाउने तालिमसहित टपरी बनाउने मेशिन, केरवानी मौरी पालन महिला समूहलाई मौरीको घार हस्तान्तरण गरिएको छ ।

रोजगार शाखा प्रमुुख ढकालका अनुसार रोजगार शाखाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नै ७७ जनालाई ४० दिनको प्लम्बर तालिम र १० दिन जीवन उपयोगी तालिम प्रदान गरिएको छ । वैदेशिक रोजगार वोर्डसगँ समन्वय गरेर ४० जनालाई किचन हेल्पर तालिम, ४० जनाको इलेक्ट्रिसियन तालिम र ४० जना महिलालाई गार्मेन्ट मेशिन अप्रेटर तालिम प्रदान गर्न सहजीकरण गरेको छ ।

वैदेशिक रोजगार कल्याणकारी सेवाअन्तर्गत वैदेशिक रोजगारमा मृत्यु भएकालाई १० लाख, अङ्गभङ्ग भएकालाई अधिकतम सात लाख, वैदेशिक रोजगारमा गई हराएकालाई खोजतलासमा सहयोग, पारिवारीक स्वास्थ्य उपचार बापत ५० हजार, वैदेशिक रोजगार छात्रवृत्तिअन्तर्गत कक्षा १० सम्म वार्षिक १२ हजार र कक्षा १२ सम्म वार्षिक १६ हजार दिन सहजिकरण गरिरहेको छ । भरखर मात्र कन्सुलर विभागको सेवा सहजीकरण पनि सुरु गरिएको छ ।

२०६७ सालमा सामि परियोजनाअन्तर्गत विभिन्न स्थानीय तहमा सञ्चालनमा हुँदै आए पनि केहीँ वर्षदेखि स्थानीय तहको मातहतमा रहेर रोजगार शाखाअन्तर्गत सञ्चालनमा रहेको छ ।