बालबालिका सयचोटि मुस्कुराउने गर्छन् । सायद वयस्क भएपछि आफूलाई गम्भीर देखाउन हाँस उठ्ने कुरामा पनि हामी मुस्कुराउछौँ मात्रै, त्यो पनि ओँठ खोल्न गाह्रो मान्छौँ । मरीमरी हाँस्ने, पेट मिची मिची हाँस्ने, मर्ने गरी हाँस्ने, आँसु आउने गरी हाँस्ने भन्ने कुरा ठुला मानिसले सायदै गर्छन् होला । आजकल त हाँसोको बारेमा धेरै छलफल हुन थालेको छ कि स्वास्थ्य राम्रो राख्न योगासनका विभिन्न आसनमध्ये हास्यासन पनि एक छ । चाहे रामदेवको होस् वा श्री श्री श्री रविशङ्करको । कुनै उच्च पदमा कार्यरत महिला वा पुरुषलाई कसैले सोधे भने “तपाईं कति हाँस्नु हुन्छ, कहिले हाँस्नु हुन्छ ?” धेरैको उत्तर हुन्छ होला “के पो कुरा छ र, हाँस्ने ? काममा यति धेरै व्यस्त भइन्छ कि हाँस्ने फुर्सद नै हुँदैन ।” हाँस्ने पनि फुर्सद नहुनेहरूको मनमा के आनन्द हुन्छ होला त ? हतार हतार काममा जानु, काम सिध्याउनु, अनि त्यसपछि एकछिन पत्रिका हेर्नु वा भोलिको कामको बोझा टाउकोमा बाँधेर बोकेर सुत्नु यही हुन्छ कतिपयको अवस्था ।
किन होला उमेर बढ्दै गएपछि, व्यस्त भएपछि, पैसा भएपछि हामीहरूमा हाँस्ने प्रक्रिया कम भएको ? किनभने हामी के भन्ठान्छौँ भने जति पढ्यो, लेख्यो जति पैसा कमायो उति गम्भीर अनुहार बनाउनु पर्छ । नहाँसेर हामी स्वास्थ्यका कतिपय लाभदायक कुरा गुमाइरहेका हुन्छौँ ।
हाँसोले रोगलाई निमिट्यान्न पार्न सक्दैन । हाँसोले रोगको अवस्थामा कमी ल्याउन सक्छ भन्ने उदाहरणबाट थाहा हुन्छ । नर्मान कुजिनले एनाटोमी अफ एन इलनेस् (रोगको खाका) मा एक जना पत्रकारको जीवनीको बारेमा लेखेका छन् । ‘स्याटर्डे रिभ्यु’ का सम्पादक र माक्र्स ब्रदर्शलाई सन् १९७० ढाडको नसा खिइँदै जाने समस्या भएको थियो । उनको जीवनका केही समय मात्र बाँकी रहेको कुरा डाक्टरले बताएपछि ती पत्रकारले, डाक्टरको सल्लाहले नै एउटा व्यावहारिक परीक्षण गरे । उनले थुप्रै हाँस्य व्यङ्ग्यका रमाइला फिल्म हेरे । फिल्म हेर्दा उनी धेरै हाँसे र त्यसपछि त दुखाई कम नगर्ने औषधी नखाएर नै घण्टौँ निदाउन सके । यसरी हेर्दा हाँस्यव्यङ्ग्य फिल्म हेर्दाहेर्दै त उनको समस्या त धेरै मत्थर भयो । कतिपय वैज्ञानिक र डाक्टरले हाँसोले रोग मत्थर पार्ने कुरालाई हाँसोमा उडाए पनि ‘न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले यो घटनालाई अध्ययन गरेर, छापे र स्वास्थ र हाँसोका बिच सिधै सम्बन्ध रहेको देखायो ।
अझै चिकित्सा शास्त्रका किताबमा हाँसो र स्वास्थ्य भनेर कतै छलफल भएका छैन । बेस्सरी हाँसेपछि केही मानिसको शरीरमा गरिएको अध्ययनबाट के देखियो भने व्यायाम गरेपछि शरीरमा हुने सकारात्मक परिवर्तन झैँ, हाँसो पछि पनि सकारात्मक परिवर्तन हुन्छ । शरीरभित्र अक्सिजनको मात्रा पनि बढेकोे पाइयो ।
यसले आधुनिक जमानामा मुटुको समस्या हुने थुप्रै कारणमध्ये तनाव पनि एक भएकाले तनाव हुँदा शरीरमा पैदा हुने हर्मोनले रक्तनलीलाई हानि पु-याउँछन् र धमनीहरू खुम्चिन सुरु हुन्छ । विभिन्न किसिमका अनसन्धानले हाँसोले गर्दा यहाँ धमनी सङ्कुचन गर्ने हर्मोनहरू कमजोर भई सङ्कुचन प्रव्रिmया पनि कम हुन जान्छ भन्ने देखाएको छ ।
हाँसोले विभिन्न रोगका समस्यालाई पूर्ण समाधान गर्न नसकेपछि त्यसलाई कसरी सामना गर्ने भन्नेतर्पm मद्दत गर्छ । त्यसैले अहिले अमेरिकाका विभिन्न क्यान्सर अस्पतालमा ‘हाँसो औषधी’ पनि दिइन्छ । यसले बिरामीलाई धेरै मद्दत गर्छ । हाँसोले गर्दा आन्तरिक शक्ति बलियो भएर रोगसँग लड्ने शक्ति बढ्छ भन्ने धेरै वैज्ञानिकले सिद्ध गरेका छन् । हाँस्दाखेरी शरीरमा भएका विभिन्न कोष जो रोगसँग लड्छन्, तिनको वृद्धि हुन जान्छ । त्यसै गरी हाँस्दा तनाव दिने हर्मोन स्वतः कम हुन जान्छन् र यसले पनि रोगसँग लड्ने शक्ति बढाउँछ ।
हाँस्ने खानामा रुचि पनि बढाउँछ भन्ने कुरा पनि अध्ययनबाट फेला परेको थियो । हाँस्दाखेरी भोजनमा रुचि बढाउने हर्मोन पनि हाँस्ने मानिसको रगतमा बढेको पाइएको थियो ।
मानिसहरू दुःखी हुँदा, प्रेममा विछोड हुँदा, कसैको मृत्यु हुँदा, कोही टाढा जाँदा वा प्रियजन बिरामी हुँदा मनमा दुःख हुन्छ । त्यस्तो अवस्थामा उनीहरू हाँस्न वा मुस्कुराउन सक्दैनन् । त्यो बेलामा भोक पनि कम लाग्छ । पछि समयसँगै बिस्तारै मन बहलिँदै जान्छ, मनको दिकदारीपना कम हुँदै जाँदा हाँस्न र मुस्कुराउन थालिन्छ र भोक फेरि लाग्छ ।
हामीहरूले जीवनमा पनि देखेका छौँ– कि अनुहार अँध्यारो पारेर जाने, मुस्कुराउन गाह्रो मान्ने मानिसका साथी पनि कम हुन्छन् । जब त्यो मानिसलाई जब कुनै समस्या पर्छ त्यस्तोलाई मद्दत गर्ने मानिस पनि कम नै हुन्छन् । त्यस्ता मानिस मनमनै दुःखी पनि हुन्छन् । सामाजिक रूपमा पनि उनीहरू अस्वस्थ हुन्छन् । हाँसोले जीवनलाई स्वास्थ्य राख्ने मान्ने होइन कि आफ्नो काममा (सानो ठुलो जस्तो सुकै होस्) पनि मद्दत गर्छ ।
बिरामीसँग हाँसेर बोल्ने डाक्टर र अनुहार अँध्यारो बनाई कुरा गर्दा पनि गाह्रो मानेर बिरामीकै समस्याको बारेमा सोध्ने डाक्टरको बारेमा बिरामीले र उसका परिवारले के भन्छन् यहाँ लेख्नै पर्दैन । त्यसै गरी ग्राहकलाई हाँसेर सेवा गर्ने व्यापारी र रिसाएर झर्केर व्यापार गर्ने मानिसमध्ये को बढी सफल हुन्छन् ?
स्वस्थ रहेको शिशु हाँस्छ र मुस्कुराउँछ कुपोषण भएको शिशु च्याँच्या रोइरहेछ । आनन्दसँग हाँस्ने शिशु÷बालक छिट्टै बढ्छ र उसलाई कुनै सानो तिनो रोग लागे पनि छिट्टैै समाधान हुन्छ । जब कि नहाँस्ने नमुस्कुराउने शिशुको समस्या बढी हुन्छ । त्यसै गरी शिशुसँग हाँसेर कुरा गर्ने परिवारका सदस्यको बानी छ भने त्यही बानी शिशुले सिक्छ र हाँसिरहन्छ । जबकि नहाँसेर अनुशासनको नाममा कठोर अनुहार लगाइरहने आमाका शिशु पनि त्यस्तै हुन्छन् ।
विभिन्न अनुसन्धानले देखाए अनुसार बाँदर, बिरालो पनि खुसी भएर आफ्नो भाव प्रकट गर्न सक्छन् । हामीहरूमध्ये दिनमा कति चोटि हाँस्छौँ ?
हा हा हा गरेर हाँसेपछि स्वास्थ्यमा प्रभाव पर्छ भनेर नै होला । २००५ मा अमेरिकाको बाल्टिमोरका मेरिलेन्ड विश्वविद्यालयका अध्यक्ष डा. मिखाइल मिसेलले एउटा विशेष अध्ययन गरे । उनले तीन सय जना व्यक्तिलाई यस अध्ययनमा सामेल गरे । तीमध्ये १५० जना मुटुका विभिन्न समस्या भएका मानिस थिए भने १५० जना मुटु स्वस्थ भएका मनिस थिए । उनले सबैलाई केही प्रश्न दिए र मानिसको प्रतिव्रिmया पनि हेरे ।
उनले के पाए भने जो मानिसको मुटु खराब भएर उपचार गरिराखेका थिए, उनीहरू कम हाँस्ने, व्यङ्ग्य हाँसोको कुरा पढ्दा पनि खासै नहाँस्ने र केही अझ कतिपय त साधारण कुरामा नै रिसाउने गरेको पनि पाए । जबकि स्वस्थ मुटु भएका मनिस साधारण कुरामा पनि हाँस्ने गरेको पाए । प्रत्येक दिन १५÷२० मिनेट दिल फुकाएर हाँस्ने हो भने स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । अब तपाईं पनि आफ्नो वरिपरि मुस्कुराउनुहोस्, हाँस्नोस् र स्वास्थ्य राम्रो पार्नोस् ।