• १३ पुस २०८१, शनिबार

तरुलको व्यापार (फोटो फिचर)

blog

सर्लाही, पुस १२ गते । सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा किसानले खनेको तरुल बजार लाने तयारीमा छन् । तरुल खेतबाटै प्रतिकिलो रु. ३५ देखि रु. ५५ सम्ममा बिक्री हुने भएकाले किसानहरूले राम्रो आम्दानी हुने गरेको किसानहरू बताउनुहुन्छ । 

हरेक चाडपर्वका विशेषता र महत्त्वसँगै नेपालीले मनाउने चाडपर्वमा फरक परिकार खाने गर्दछौँ। माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति र माघीसँगै यस अघिका समयमा विशेष परिकार खाएर मनाइन्छ। सङ्क्रान्ति सुरु हुनुभन्दा अघि नै तरुलको व्यापार भइरहेको छ। माघे सङ्क्रान्तिका लागि काठमाडौँलगायत देशैभर तरुलको व्यापार  भइरहेको छ।

यो साता फुटपाथ, बाटो र तरकारी बजारमा तरुलको व्यापार फस्टाएको छ।