स्थानीय गोलभेँडा पर्याप्त
सर्लाहीका किसानले उत्पादन गरेको स्थानीय (लोकल) जातको गोलभेँडा प्रशस्त मात्रामा बजार भित्रिन थालेको छ ।
चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा
पर्साको वीरगञ्ज महानगरपालिका–१४ पावरहाउस चोकबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।
शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।
कृषि विकास बैंक लहान शाखामा तालाबन्दी
चार दिन अगाडि कृषि विकास बैंक लहान शाखामा पुगेका किसानहरुलाई आज बिहीबारसम्म जग्गा फिर्ताको लागि पहल गरिने आश्वासन अनुसार फिर्ता गराउने कुनै पहल नभएपछि आक्रोशित किसानहरुले तालाबन्दी गरेको स्थानीय किसान नेता बालेश्वर यादवले बताउनुभयो ।
जनचेतनाको कमीले अधिकारबाट वञ्चित
जनचेतनाको अभावमा मधेशका मुसहर समुदायका नागरिक सरकारी सेवा र नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् । नागरिकता प्राप्ति र जन्मदर्ता नेपाली नागरिकको जन्मसिद्ध अधिकार
ट्रान्सफर्मर चोरी घटना वृद्धि
कलैया उपमहानगरपालिका–१७, सुराही टोलका एक वडा सदस्य दम्पतीलाई बन्दुक देखाएर चोरको समूहले गाउँको ट्रान्सफर्मर चोरी गरेका छन् । वडा सदस्य लक्ष्मी रा
बसबरियाका वडाध्यक्ष महतोको निधन
सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
गाडिएको अवस्थामा महिलाको शव फेला
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरस्थित मुसहरी टोलमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
चाँडै भुक्तानी पाउने लोभमा ठगिँदै उखु किसान
सरकारले प्रतिक्विन्टल उखुको न्यूनतम खरिद मूल्य ६५५ रुपियाँ तोकेको छ ।
विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ ।
पूर्वपश्चिम राजमार्ग स्तरोन्नति छिट्टै
लामो समयदेखि चर्चा र प्रतिक्षाको केन्द्रमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) स्तारोन्नतीको काम यही महिनाबाट सुरु हुने भएको छ ।
उखु बोकेका साधनलाई गाउँ प्रवेशमा रोक
सर्लाहीको धनकौल गाउँपालिका–२, धनकौल गाउँमा स्थानीय बासिन्दाले उखु बोकेका ट्याक्टरलाई गाउँको बाटो भएर हिँड्न रोक लगाएका छन् । उखु लोड गरेर गाउँ हुँदै चिनी मिलतर्फ जाने ट्याक्टरलाई विद्युतीय जोखिमका कारण प्रवेशमा प्रतिबन्ध लगाइएको हो । ट्याक्टरमा अत्यधिक उखु लोड गर्दा विद्युतीय तारमा छोइने समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।
बोरा बिछ्याएर पढिरहेका विद्यार्थी र सात वर्षदेखि तलब नपाएका एक शिक्षकप्रति स्थानीय सरकार उदासीन भएको गुनासो
फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।
विषादी अवशेष जाँच्ने प्रयोगशाला सञ्चालन
धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा आएको छ ।
आलुमा डढुवाको प्रकोप
आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ । रोग प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थालेपछि व्यावसायिक आलु कृषक चिन्तित छन् ।
स्यालको आक्रमणमा छजना गम्भीर घाइते
स्यालको आक्रमणमा परी महोत्तरीको ग्रामीण भेगमा ४ महिलासहित ६ जना गम्भीर घाइते छन् । स्यालले ३ थान चौपायालाई पनि टोकेर घाइते पारेको छ ।
मुसहर समुदाय अधिकारबाट वञ्चित
जनचेतनाको अभावमा मधेशका मुसहर समुदायका नागरिक सरकारी सेवा र नागरिक अधिकारबाट वञ्चित हुनुपरेको छ । नागरिकता र जन्मदर्ता नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो ।
छोटी सीमा नाकाबाट सवारी सञ्चालन गर्न माग
रौतहटको छोटी सिमा नाकाहरूबाट (चार पाङ्ग्रे )सवारीसाधनहरू आवतजावत गर्नुपर्ने यहाँका सरोकावालाहरूले माग गरेका छन् ।
गहुँखेती गर्न रासायनिक मल अभाव
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाउनुभएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो । सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाउन सक्नु भएन ।
पालिकाका गरीब तथा विपन्न नागरिकलाई सिरक वितरण
रौतहटको गरुडा नगरपालिकाकाले पालिकाभित्र रहेका गरीब तथा विपन्न नागरिकलाई सिरक वितरणको अभियान चलाएको छ । सिरक वा कम्बलको अभावमा कुनै पनि विपन्न वर्गका नागरिक कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यकासाथ पालिकाले आफ्नो नौ वटै वडामा उक्त अभियान सञ्चालन गरेको हो ।
ढल्केबरमा विषादी अवशेष प्रयोगशाला सञ्चालनमा
धनुषाको ढल्केबरस्थित कृषि उपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा ल्याएको छ ।
'शिक्षामा लगानी अनुसारको परिणाम आएन'
लहान नगरपालिकाको सामुदायिक विद्यालयहरूमा लगानी अनुसारको परिणाम आउन नसकेपछि सरोकारवाला निकायहरूले चिन्ता व्यक्त गरेका छन् ।
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आवाससहितको विद्यालय निर्माण गरी सञ्चालन गर्न प्रदेश सरकारले सघाउने बताउनुभएको छ ।