क्रिकेटर आरिफ र आशिफ विवाह बन्धनमा
नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिनु भएको छ ।
जय ट्रफीलाई लिएर क्रिकेटप्रेमी उत्साहित
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगङ्जमा सुरु हुँदैछ ।
लोकतन्त्र सुदृढ बनाउन संविधान संशोधन आवश्यक
उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहले जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । उहाँले जनताको अधिकारको रक्षा र लोकतन्त्रलाई थप सुदृढ बनाउन पनि संविधान संशोधन आवश्यक भएको धारणा राख्नुभयो ।
आगो ताप्दै
पर्सा, पुस २० गते । वीरगञ्जमा बाक्लो हुस्सु र तुवाँलोका कारण जाडो बढेसँगै सडक किनारामा आगो ताप्दै सर्वसाधारण । तस्बिरः रासस
मडाहामा क्रसर माफियाको रजाइँ, अवैध उत्खनन हुँदा प्रशासन मौन
महोत्तरीको गौशाला नगरपालिका १० स्थित मडाहा खोलामा क्रसर माफियाले मनपरी उत्खनन गरेका छन् । नगरपालिका मातहतमा रहेका खोलाहरू अहिलेसम्म ठेक्का लागेका छैनन् । तथापि मडाहा खोलामा अहिले क्रसर माफियाको रजाइँ चलेको छ । हुल्याहा समूहको आडमा रातको बिचमा मनलाग्दी खोला उत्खनन गरेको पाइएको छ ।
लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत
चालु आर्थिक वर्ष २०८१–०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाकोे पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ । शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गर्नुभएको हो ।
आलुखेतीमा विषादी छर्कँदै
सर्लाहीको बरहथवा नगरपालिका–४, नयाँ टोलमा किसान राजेश बैठा आलुखेतीमा विषादी छर्कँदै । बढ्दो चिसो र कुहिरोको कारण तरकारीबालीमा क्षति पुग्न थालेको किसान बताउँछन् ।
लोकनृत्यमा देवीदेवताको चर्चा
तीन दशकअघि मधेशका गाउँसहरमा रामलीला, रासलीलालगायत नाटक मञ्चन हुन्थ्यो ।
तरुल खन्ने चटारो
तरुलको व्यावसायिक खेती हुने सर्लाहीको बागमतीमा धमाधम तरुल खन्न सुरु गरिएको छ ।
विकासको आकांक्षा पूरा गर्न सरकार दृढ छ : उपप्रधानमन्त्री सिंह
संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त उपब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको दृढता व्यक्त गर्नुभएको छ।
जय ट्रफीका लागि जनकपुरमा मैदान तयारी अन्तिम चरणमा
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनामा हुन लागेको जय ट्रफी क्रिकेट प्रतियोगिताका लागि जनकपुरको खेल मैदान तयारीको काम लगभग अन्तिम चरणमा पुगेको छ।
चिसोले सर्वसाधारणको जनजीवन कष्टकर
बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण रौतहट जिल्लाको जनजीवन कष्टकर भएको छ ।दुई–तीनदेखि बिहान बेलुका लाग्ने बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
आवश्यकताको सिद्धान्त अनुसार कांग्रेस–एमालेको सरकार : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
सामूहिक तरकारीखेती गर्दै सिसवोनीका दलित महिला
सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहनुभएको छ । पछिल्लो दुई वर्षदेखि भने उहाँ स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिनुभएको छ ।
वीरगञ्जबाट धानचामल आयात बढ्यो
चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
व्यवसायी माथि कडाई पछि उखु किसानलाई समयमै भुक्तानी
चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।
जसपा नेपाल उद्योग वाणिज्य विभागमा पदाधिकारी चयन
जनता समाजवादी पार्टी नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण गुरुङ विभागको प्रमुखमा मनोनीत भएका छन् भने उपप्रमुखमा धमेन्द्र कुमार साह र सचिवमा चिन्तन बज्राचार्य छनौट भएका छन् ।
अवैध खोला उत्खनन् झडपमा एक घाइते
गौशाला नगरपालिका १० स्थित मडाहा खोलामा भइरहेको अवैध उत्खनन् रोक्न घटनास्थल पुगेका वन गस्तिमाथि आक्रमण भएको छ ।
जसको बुढ्यौली फर्कियो आँखाको ज्योति
पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहनुभएको थिएन ।
मधेश प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिश
मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिश गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न मन्त्रीपरीषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्नका लागि निर्णय गरेको जनाएको छ ।
मुक्तेश्वर मन्दिर
सर्लाही, पुस १८ गते । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियास्थित ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर । पुरातत्व विभागले पुनर्निर्माण गरेको यो मन्दिर परिसरमा धेरै पुराना कलाकृति, इँटा, ढुङ्गालगायतका भग्नावशेषहरु छन् । तस्बिरः रासस
मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति
मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो ।
चिसोले जनजीवन प्रभावित
महोत्तरी जिल्लामा तीन दिनदेखि बढ्दै गएको चिसोको कारणले जनजीवन प्रभावित बनेको छ ।
चिसो बढेसँगै मध्यतराईको जनजीवन कष्टकर
विगत एक सातादेखि अत्यधिक चिसो बढेसँगै मध्य तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ ।