• २३ पुस २०८१, मङ्गलबार

स्थानीय तहमा हुने विवाद समाधानका लागि आयोगको प्रशिक्षण

blog

मधेशी आयोग नेपालले धनुषामा गरेको कार्यक्रममा सहभागी ।

धर्बेन्द्र झा

जनकपुरधाम, पुस २० गते। मधेशी आयोग नेपालले धनुषाको विभिन्न पालिकाका न्यायिक समितिका पदाअधिकारी र प्रहरी इन्चार्जलाई स्थानीय तहमा हुने विवाद समाधानका लागि एक दिने प्रशिक्षण दिएको छ।

आयोगले नैतिकवान मधेश तथा सशक्त नैतिक शिक्षा अन्र्तगत शनिबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरेर प्रशिक्षण दिइएको हो।जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश चुरामन खड्का र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सहभागीलाई प्रशिक्षण दिनुभयो।

प्रशिक्षण दिनुहुँदै धनुषाका प्रहरी प्रमुख तिवारीले अपराध रहित समाज निमार्णका लागि अबका दिनमा समाजमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले जिल्ला प्रहरी कार्यालय धनुषामा आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार ३१८ विभिन्न घटनाका उजुरी दर्ता भएकोमा मिलापत्रको संख्या दुई हजार ३९४ रहेको र मिलाउन बाँकी ९२४ रहेको बताउनुभयो।


उहाँले चालु आर्थिक वर्ष २०८१/०८२को हालसम्ममा एक हजार ६१९ वटा उजुरी दर्ता भएकोमा मिलापत्रको संख्या ९३१ भएको र मिलाउन बाँकी ७२६ रहेको बताउनुभयो।कार्यक्रममा बोल्दै मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले नैतिकवान मधेश तथा सशक्त नैतिक शिक्षा अन्र्तग आयोगले धनुषामा संचालन गरेको स्थानीयतहमा झै झगडा तथा वाद विवाद समाधानका कार्यक्रमको वारेमा मापन गरी समाजमा यस प्रकारको कार्यक्रमबाट लाभान्वित भएको खण्डमा अन्य जिल्लामा लागु गरिने बताउनुभयो।

मधेश आयोगका सदस्य जिवछ साहको अध्यक्षतामा भएको सो कार्यक्रममा बक्ताहरुले मधेशका प्रत्येक विद्यालयमा नैतिक शिक्षाको पाठयक्रम लागु गराउनका लागि आयोगसँग माग गर्नुभएको थियो ।