• ५ माघ २०८१, शनिबार

भोक्राहा नरसिंहमा सुरुभयो कुस्ती

blog

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिवसीय कुस्ती महोत्सवका कुस्ती लडाकु । तस्बिरः जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, माघ १ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका –७ मा मकर संक्रान्तिको अवसर पारेर तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको हो । 

कुस्ती महोत्सव मेला समितिका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा कुस्ती महोत्सव उदघाटन गरिएको हो । कुस्तीमा नेपाल र भारतबाट ३० अन्तर्राट्रिय खेलाडीको सहभागिता छ । 

नेपाल र भारतको कुस्ती खेलाडीहरुको सहभागितामा सुरु भएको कुस्ती उद्घाटन कार्यक्रममा आयोजक समिति अध्यक्ष जितेन्द्र यादव, कोषाध्यक्ष चन्दन यादव, र सचिव रामरूप यादवसहितले खेलको औचित्यका बारेमा बोल्नुभयो । कुस्ती मेलामा कुस्तीसहित परम्परागत नाचगान र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा वडा ४ का वडाध्यक्ष हारून अंसारी, वडा ७ का वडाध्यक्ष बौवालाल यादव, तत्कालीन नरसिंह गाउँ विकास समितिका अध्यक्ष रामप्रसाद यादव, उपाध्यक्ष सत्रुधन यादव, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, शिक्षा तथा खेलकुद विकास समितिका कृष्णराज विष्टसहितको उपस्थिति थियो ।