मातृ शिशु अस्पताल कात्तिकमा सुचारु हुन्छ : उपकुलपति डा. गिरी
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ४ सय शय्याको मातृ शिशु अस्पताल आगामी कात्तिक महिनासम्ममा सुचारु हुने बताउनुभयो ।
ऊर्जामन्त्री खड्का गृह जिल्लामा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृह जिल्ला सङ्खुवासभा आइपुग्नुभएको छ । उहाँ मन्त्री भएपछि पहिलो पटक बुद्ध एयरको जहाजमार्फत गृह जिल्ला आउनुभएको हो ।
बेवारिसे एक व्यक्तिको उद्धार
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको छ । खेजेनिमको चवाखुस्थित किसानले लगाएको अलैँची बगानमा बेवारिसे अवस्थामा भेटिएका ती व्यक्तिको उद्धार गरिएको हो ।
सडक भत्किन थाल्यो, छोपिएन नाला
निर्माण कम्पनीले मोरङको कानेपोखरी– रङ्गेली हुलाकी सडक २०७७ सालको चैत १८ गते समुदायलाई हस्तान्तरण ग¥यो । कानेपोखेरी गाउँपालिकाका तत्कालीन अध्यक्ष ताराबहादुर काफ्लेले सडक उद्घाटन गर्नुभएको थियो ।
कोर्न छाडिए थारू लोककला मौख
काठ, बाँस, भाटा, खर, पराल र माटोले लिपपोत गरेर बनाइने थारू बस्तीका घरका भित्तामा बनाइने लोककला मौख लोपोन्मुख अवस्थामा पुगेको छ । पूर्वी नेपालका सुनसरी, मोरङ, झापा र सप्तरीका थारू बाहुल्य बस्तीका घरका भित्तामा परम्परागत रूपमा यस्ता लोककला बनाइँदै आइएका थिए ।
डेङ्गीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।
कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाइने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाउनका लागि आवश्यक नीति नियम बनाउने र आवश्यक योजना ल्याउने बताउनुभएको छ ।
क्यान्सर पीडितलाई एक लाख ७८ हजार सहयोग
पाँचथरको हिलिहाङ गाउँपालिका–७ की एक महिलालाई क्यान्सरको उपचार गर्न एक लाख ७८ हजार ९ सय दुई रुपियाँ सहयोग जुटेको छ।
पाथीभरा केबुलकारको समर्थनमा मोटरसाइकल र्याली
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको समर्थनमा फुङ्लिङमा मोटरसाइकल र्याली निकालिएको छ। विकासप्रेमी तथा सचेत युवा समूहको नाममा आइतबार सदरमुकाम फुङ्लिङमा र्याली निकालिएको हो।
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु
नेकपा (माओवादी केन्द्र) को १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आइतबारदेखि सुरु भएको छ । सोमबारसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको छ ।
माओवादी पार्टी संविधान संशोधन विरोधी होइन : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ ।
गर्भवती बनाएपछि कुटेर गर्भपतन
भोक्राहा नरसिंह गाउँपालिकाकी एक २३ वर्षीय युवतीले आफूलाई विवाहको प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको र त्यसपछि गर्भवती भएकोमा केटा पक्षकाले कुटेर गर्भपतन गराएको दाबी गर्नुभएको छ । पीडित युवतीले पत्रकार सम्मेलन गरी जिल्ला सदरमुकाम इनरुवा–३ का हसबुल मियाँका २४ वर्षीय छोरा इमारान मियाँले आफूलाई करिब दुई वर्षदेखि फोन कुराकानीमा अविवाहित रहेको र विवाह तिमीसँगै गर्ने भनी एक वर्षअघिदेखि पटक पटक शारीरिक सम्बन्ध राखेर बोकाएको गर्भ पतन गराएको गुनासो गर्नुभएको छ ।
ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।
नगद लुटपाटमा संलग्न सातजना पक्राउ
सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निजामति सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता
ताप्लेजुङमा निजामति सेवा दिवसको अवसरमा शनिबार हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ। दिवसको अवसरमा कर्मचारीकाबिच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो।
हलेसीमा साढे ८ करोडको योजना शिलान्यास
प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा साढे ८ करोडको योजना शिलान्यास भएको छ। हलेसी बजार परिसर सडक ढलान, पर्यटकीय स्थल रक गार्डेन जाने सडक ढलान लगायतको योजना पूर्व सहरी विकास मन्त्री माननीय सीता गुरुङले शिलान्यास गर्नुभएको हो।
मेवाखोलामा पुल बनेपछि दुर्गमका बासिन्दालाई राहत
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित मेवा खोलामा मोटर गुड्ने पुल (बेलिब्रिज) बनेपछि दुर्गमका बासिन्दालाई राहत मिलेको छ ।
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते
मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका २ लालीखर्कमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।
मन लोभ्याउने दृश्य (फोटो फिचर)
पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले आसपास सुन्दर डाँडाकाँडा रहेका छन् । हिले नजिकै रहेको त्रिशूले, नागढुङ्गा, गुराँसेले जोकोहीको मन लोभ्याउँछ ।
चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो
चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ ।
सङ्कटमा जलचर जीविकामा असर
धनकुटाको चौबिसे गाउँपालिका–४, भैँसेटारमा एक बस्ती छ । करिब २५ परिवारको बसोबास रहेको सो बस्तीमा अधिकांश माझी समुदायको बसोबास छ । बस्तीमुनि तमोर नदी छ । केही वर्षअघिसम्म भैँसेटारका अधिकांश मानिस तमोर नदीमा माछा मार्न व्यस्त हुन्थे । नदीमा माछा प्रशस्त पाइन्थ्यो । थोरै थोरै भए पनि त्यही माछा बिक्रीबाट धेरै स्थानीयको जीविकोपार्जन हुन्थ्यो ।
अखिल क्रान्तिकारी ताप्लेजुङको नयाँ कमिटी चयन
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित हुनुभएको छ। सदरमुकाम फुङ्लिङमा शुक्रबार सम्पन्न अखिल क्रान्तिकारीको १२ औँ जिल्ला सम्मेलनबाट अध्यक्षका अर्का प्रत्याशी तेन्जिङ कार्कीलाई पराजित गर्दै पन्दाक निर्वाचित हुनुभएको हो।
नयाँ बसपार्क सञ्चालन
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा निर्माण गरिएको नयाँ बसपार्क सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका–४ अम्बिटार नजिक गैरीमा निर्माण भएको बसपार्क बिहीबारदेखि सञ्चालनमा आएको हो।