विराटनगरमा रोजगार मेला सुरु
सिप र क्षमता भएका आकाङ्क्षीलाई रोजगारदातासँग जोड्न विराटनगरमा रोजगार मेला सुरु भएको छ ।
विद्युत सर्ट भएर आगलागी : लाखौंको क्षति
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
रोङमा तिते करेलाको ब्राण्डिङ
गुन्द्रुक, सिस्नो, बेसार,मह, चिया, कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको इलामको रोङ गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको छ ।
पालुङ्वा वंश प्रतिष्ठान अध्यक्षमा काजीमान
फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा काजीमान पालुङ्वा चयन हुनुभएको छ ।
एकीकृत विपद् व्यवस्थापन केन्द्र बन्ने
मोरङको रङ्गेली–८ दर्बेसामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपद् केन्द्र) निर्माण गरिने भएको छ ।
सप्तकोशीको पानी नहरतर्फ ल्याउन समस्या
सप्तकोशी नदीको पानी किसानका गरा गरामा पुर्याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो सुनसरी मोरङ सिचाई योजनाका अधिकांश संरचना जीर्ण भएका छन् ।
रासायनिक मलको प्रयोगले सिमसारमा असर
कोशीटप्पु वन्यजन्तु आरक्षमा रासायनिक मलको प्रयोग र जैविक विविधतामा परेको असर विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ ।
पुर्णेडाँडामा झ्याम्टे मेला
इलामको सूर्योदय नगरपालिका–११ को पुर्णेडाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला सुरु भएको छ ।
झापामा तीन जना सवार मोटरसाइकल दुर्घटना, तीनै जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
धरानमा फस्टाउँदै सिद्रा व्यापार
मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ ।
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।
लिम्बू भाषामा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान
ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङका स्थानीय रेडियोहरूमा लिम्बू भाषा (आनि पान) मा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको छ । लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा लिम्बू भाषामा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको हो ।चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा आइतबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमकाबिच लिम्बू भाषामा समाचार वाचन गर्ने आधा दर्जन बढी सञ्चारकर्मीलाई सम्मान गरिएको छ । जिल्लामा रेडियो स्थापना भएदेखि हालसम्म लिम्बू भाषामा समाचार वाचन गर्ने तथा लिम्बू भाषाको कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले जनाएको छ ।चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोका अनुसार लिम्बू भाषामा समाचार वाचन गर्ने र कार्यक्रम सञ्चालन गर्ने पत्रकार तथा सञ्चारकर्मीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा हाल स्थानीय रेडियो तमोरमा कार्यरत गङ्गा लिङ्खिम लिम्बू, मनमाया माबो रहनुभएको छ । यस्तै रेडियो ताप्लेजुङमा माला पालुङवालाई सम्मान गरिएको मेन्याङ्बोले जानकारी दिनुभयो ।उहाँका अनुसार रेडियो काबेलीमा कार्यरत साहारा लङ्वा लिम्बू र पवित्रा साउदेन लिम्बूलाई सम्मान गरिएको छ । यसैगरी, स्थानीय रेडियोमा लिम्बू भाषामा समाचार वाचन गर्ने तथा कार्यक्रम सञ्चालन गर्ने पूर्व–सञ्चारकर्मी अस्मिता साँवा लिम्बू, मोहनचन्द्र साँवा लिम्बू, धनराशि नाल्बो लिम्बू, राधा मास्वा लिम्बू, रोमाकुमारी माबो, अमृता थलङ लिम्बू, ज्ञानु फुरुम्बो लिम्बू (चरपे), मनकुमारी मेन्याङ्बो लिम्बूलाई पनि सम्मान गरिएको छ ।लिम्बू (याक्थुङ) जातिको आनिपान (भाषा) संरक्षण साथै प्रवद्र्धनमा योगदान पुर्याएकोभन्दै कियाचुले सञ्चारकर्मीहरूलाई सम्मान गरेको जनाएको छ । पत्रकार तथा सञ्चारकर्मीहरूलाई कियाचुका प्रदेश समिति अध्यक्ष मधुराज केरुङ, जिल्ला अध्यक्ष मेन्याङ्बो लगायतले सम्मान गर्नुभएको थियो ।यता लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) सदरमुकाम फुङ्लिङसहित गाउँगाउँमा विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । शुभकामना आदानप्रदानसँगै आफ्नो मौलिक संस्कार तथा संस्कृतिको उजागर गर्न च्याब्रुङ नाच (केःलाङ), धान नाच (याःलाङ), हाक्पारे, ख्यालीलगायत लिम्बू संस्कृतिमा आधारित प्रस्तुति तथा गतिविधि गरेर पर्व मनाइएको छ ।
सूर्योदय
सुनसरी, पुस १ गते । सुनसरीको इनरुवा नगरपालिका ४ मा सोमबार बिहान लागेको हुस्सु र पूष्ठभूमिमा उदाउँदै गरेको सूर्य । तस्बिरः रासस
पहिले हुन्थ्यो हारालुछ अहिले बिक्नै छाड्यो
धनकुटाको सहिदभूमि गाउँपालिका–४ का पृथुराम राईले केही वर्षअघिसम्म आफ्नो बारीको सुन्तला बर्सेनि चार लाख रुपियाँभन्दा बढी मूल्यमा बिक्री गर्दै आउनुभएको थियो ।
पत्रकार निरौलाको निधन
सुनसरीका अग्रज पत्रकार राजन निरौलाको निधन भएको छ । इनरुवा नगरपालिका ३ निवासी ६० वर्षिय अग्रज पत्रकार प्रेस चौतारी नेपालका नेता तथा ब्लाष्ट टाईम्सका सामाचारदाता भएर काम गर्नुभएको थियो । निरौलाको मष्तिस्घाटका कारणले निधन भएको हो ।
चासोकका अवसरमा सबै जातिले सामूहिक रुपमा धान नाच
लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नाममा अन्य जातिका मानिस समेत उल्लेख्य सहभागी हुन थालेका छन्।
ब्रदरहुडलाई सिरिजङ्घा गोल्डकप उपाधि
ताप्लेजुङको तेल्लोकमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।
उँधौली पर्व मनाउँदै किरात समुदाय
धरान उपमहानगरपालिकाको साकेला थानहरुमा आइतबार उँधौली साकेला नाचेर किरात समुदायहरुले उँधौली पर्व मनाएका छन् ।
महिला-पुरुष सुम्हात्लुङ मिनि म्याराथन हुने
चासोक तङनामको अवसरमा पाँचौ संस्करणको सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिने भएको छ ।
किरात जेरो राई समुदायमा पहिलो पटक साकेला
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर १, ३ र ४ लगायत जिल्लाका विभिन्न स्थानमा जेरो राई समुदायको बसोबास छ। प्रकृति पुजक जेरो राईले पहिलो पटक साकेलासहित भूमि पुजा गरेका छन्।
प्रकृति भूमिको पूजा गर्दै उँधौली मनाइँदै
धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राईले साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताउनुभयो ।
नेपाल मुस्लिम सङ्घ कोशी प्रदेश अध्यक्षमा हाजि ईसराइल मंसुरी निर्वाचित
नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम सङ्घ कोशी प्रदेश अध्यक्षमा दोस्रो कार्यकालका पनि हाजि ईसराइल मंसुरी निर्वाचित हुनुभएको छ । सुनसरीको इनरुवामा सम्पन्न भएको सङ्घको दोस्रो कोशी प्रदेश कार्यसमितिको अधिवेशनबाट सर्वसहमतिमा मंसुरीको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
'रासायनिक मलको प्रयोगले सिमसार क्षेत्रमा पनि असर'
सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा रसायनिक मलको प्रयोग र जैविक विविधतामा परेको असर विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम गरिएको छ ।
किराँत समुदाय उल्लासका मनाउँदै चासोक तङ्नाम
किराँत समुदाले आइतबार चासोक तङ्नाम (उँधौली पर्व) मनाउँदै छन् । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने यो पर्वमा नयाँ अन्न चढाएर न्वागी खाने चलन छ ।