धार्मिक एकता कायम गर्न विभिन्न अभ्यास
मोरङको लेटाङ नगरपालिका र नवलपरासीको पाल्हीनन्दन गाउँपालिका जनप्रतिनिधिहरूबिच शुक्रबार मोरङको लेटाङमा लैंगिक समानता तथा शान्ति प्रवर्द्धनका अभ्यास र अनुभव आदानप्रदान भएको छ ।
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
मोरङको सुन्दरहरैँचा –७ का ४० वर्षीय गङ्गामाया मगर (श्रेष्ठ) को हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा –७ का वडाध्यक्ष भुवन आलेमगरका अनुसार शुक्रबार बिहान स्थानीय सिर्जना सामुदायिक वनको नर्सरीवारीमा घाँस दाउराका लागि जानु भएकी गङ्गामायालाई हात्तीले आक्रमण गरेको हो ।
धानकाे कुन्यु
सङ्खुवासभाको चैनपुर नगरपालिका–६ देउरालीका स्थानीय कृषकले दाइँ गर्न लगाएको धानको कुन्यु र पृष्ठभूमिमा विश्वको पाँचौँ अग्लो मकालु हिमाल ।
फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर सहयोग
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ‘सोलु चाम नामक’ गैरसरकारी संस्थाले फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर (करिब ६५ लाख नेपाली रुपियाँ) सहयोग गर्ने भएको छ ।
‘कोलबुङ–रमिते गौंडा झोलुङ्गे पुल’ निर्माण सम्पन्न
शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो ।
तमोर नदीमा काठेपुल
ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा तमोर नदीमाथि निर्माण गरिएको अस्थायी काठेपुल । तस्बिरः रासस
उखु रोप्ने तयारी
सुनसरी, पुस ५ गते । सुनसरीको दुहबी नगरपालिका १२, पूर्व कुशाहामा रोप्नका लागि उखुको टुक्रा बनाउँदै किसान । नगदे बाली उखु राम्रो उत्पादन भएमा एक बिघा जमिनबाट खर्च कटाएर दुई लाखसम्म बचत हुने किसान बताउँछन् । तस्बिरः रासस
धरानमा सङ्गीत जात्रा हुने
धरान उपमहानगरपालिकामा सङ्गीत जात्रा २०८१ हुने भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने जात्रामा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्न महोत्सव हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।
खर्कमा घुम्तीगोठ
ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ११ स्थित साम्मलिङ खर्कमा रहेको घुम्तीगाेठ । तस्बिरः रासस
कोशी टप्पुमा अर्ना
कोशीटप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका क्रममा सुनसरीको कोशी गाउँपालिका ८ भण्टाबारीस्थित खेतमा आइपुगेको अर्ना ।
गुप्तवराह मन्दिरको जीर्णोद्धार गरिँदै
पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रूपमा रहेको कौशिकी तटको किनारमा रहेको गुप्तवराह मन्दिरको जीर्णोद्धार सुरु गरिएको छ । स्थानीय पण्डित योगेश भण्डारीको अगुवाइमा वराहक्षेत्र नगरपालिका–१ मा रहेको गुप्तवराहको ओढारको जीर्णोद्धार सुरु गरिएको हो ।
अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना
अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एसियाली राजमार्गबाट लाभ लिन सुझाव
त्रिदेशीय जीवनरेखा विराटनगर रानी–सङ्खुवासभा–किमाथाङ्का सडक सञ्जाल जोडिएर विराटनगर महानगरपालिकाले प्रतिस्पर्धात्मक लाभ लिन सहज हुने औद्योगिक क्षेत्रका उद्योगीले बताएका छन् ।
लगानी सम्मेलनबारे प्रदेश संसदीय समितिको चासो
कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको प्रदेश लगानी सम्मेलनको तयारीप्रति संसदीय समितिले चासो देखाएको छ ।
ताप्लेजुङमा धान र मकै उत्पादन बढ्यो
ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान र मकै उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष धान र मकै दुवै खाद्यान्न बाली उत्पादन वृद्धि भएको हो ।
कोशी प्रदेशलाई आयुर्वेदकाे केन्द्र बनाइने
आयुर्वेद चिकित्सा सेवा जडीबुटी, शिक्षा, तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्ययोजना तर्जुमा कार्यदलले यस विषयमा सुझाव पेश गरिसकेको छ ।
नागरिकको सेवामा अहोरात्र खटिन निर्देशन
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले सुरक्षा नै समाजको मेरूदण्ड भएकोले समाजको सुरक्षाका लागि अहोरात्र परिचालित हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
नागरिक शान्ति सेवा भवन उद्घाटन
नागरिक शान्ति सेवा भवनको इलाममा शिलान्यास गरिएको छ ।
खोलाभित्रका संरचना हटाइने
वराहक्षेत्र नगरपालिकाले पानीको निकास रोकिने गरी खोला क्षेत्रभित्र बनेका घरटहरा र अन्य संरचना हटाउने भएको छ । पालिकाले वडा नंं. ५ कालाबन्जर क्षेत्रमा रहेकोे हैटाखोलाभित्र बनेका मानव निर्मित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।
भारतीय लगानीकर्ताको चासोपछि विराटनगर जुट मिलको लेखा परीक्षण
भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ ।
अलैँचीले ग्रामीण अर्थतन्त्र उकास्दै
छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानलाई यतिबेला भने निकै उत्साह थपिएको छ ।
निर्माण सकिएको २० महिनापछि कभर्ड हलको उद्घाटन
जिल्ला समन्वय समिति पाँचथर परिषरमा निर्मित ब्याडमिन्टन हल पुनः निर्माण सकिएको २० महिनापछि उद्घाटन गरिएको छ। एक करोड १७ लाख १७ हजार दुई सय ३४ रुपियाँमा निर्माण गरिएको भवन मंगलबार उद्घाटन भएको हो।
अन्तर मावि कवितावाचनमा दाहाल प्रथम
सुनसरीका इनरुवा नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिकाको आयोजनामा अन्तर मावि कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।