मुन्धुम पदमार्गबारे सरोकारवालाबिच विमर्श
कोशी प्रदेशमा दिगो पर्यटन प्रवर्धन गरी स्थानीयस्तरमा आर्थिक विकास गर्ने उद्देश्यले सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास आयोजनाका विषयमा छलफल गरिएको छ ।
माछालाई दाना हालिँदै
सुनसरी, पुस ७ गते । सुनसरीको सदरमुकाम इनरुवा–५ मा व्यावसायिक रुपमा माछापालन गरिएको पोखरीमा पसेर माछालाई दाना हाल्दै स्थानीय । तस्बिरः रासस
इनरुवामा बाक्लो हुस्सु
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सु लागेका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिरः रासस
काउली रोप्दै किसान
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–९ मा शनिबार काउली ९तरकारी० रोप्दै किसान देवनारायण मेहता । उहाँले पाँच कट्ठा जमिनमा व्यावसायिक रुपमा तरकारी खेती गर्न लागेको बताउनुभयो । तस्बिरः रासस
तरकारी गोड्दै किसान
सुनसरी, पुस ७ गते । सुनसरीको इनरुवा नगरपालिका–२ मा शनिबार तरकारी गोड्दै किसान । सुनसरीमा व्यावसायिक तरकारी खेती गरेर किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । तस्बिरः रासस
बिक्रीका लागि भक्का
मोरङ, पुस ७ गते । मोरङको लक्ष्मीमार्गस्थित सडक किनारमा बिक्रीका लागि भक्का पकाउँदै महिला । तस्बिरः रासस
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ ।
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।
टिकटक बनाउने क्रममा दुईको मृत्यु
खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।
फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिमको विजय सुरुवात
शनिबार सदरमुकाम फिदिमस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा प्रतिस्पर्धी भारतको करसाङ फुटबल क्लबलाई हराएसँगै फिदिम स्पोर्टिङ क्लबले ११ औं संस्करणको फाल्गुनन्द गोल्डकपमा विजयी सुरुवात गरेको हो।
मौज्दात राखेको मल वितरण गर्छौं : मन्त्री हाङगाम
कोशी प्रदेश उधोग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले प्रदेशमा केही दिन यता रासायनिक मलको अभाव भएको गुनासो आएकाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कम्पनीको आकस्मिक मौज्दातमा राखेको मलको वितरण गर्ने तयारी भएको बताउनुभएको छ ।
किसानहरुलाई ट्यामी वितरण
दुध किसानलाई उत्पानदतर्फ आकर्षित गराउन रामधुनी नगर पशु सेवा शाखाले दुग्ध उत्पादक किसानलाई दुध बोक्ने ट्यामी वितरण गरेको छ ।
धनकुटामा धुमधाम मनाइयो साकेला
किराँत राईहरुको महान पर्व उधौली धुमधामसँग मनाइएको छ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्दै साकेला मनाउँछन् ।
गोरखापत्रकर्मी पन्दाकलाई ५१ हजार राशिको पुरस्कार
गोरखापत्र दैनिकका ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाकलाई ५१ हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको छ । झापास्थित भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट गोरखापत्रकर्मी पन्दाक पुरस्कृत हुनु भएको हो ।
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ ।
तरकारी गोड्दै किसान
सुनसरीको इनरुवा नगरपालिका–२ मा शनिबार तरकारी गोड्दै किसान। सुनसरीमा व्यावसायिक तरकारी खेती गरेर किसानले राम्रो आम्दानी गर्ने गरेका छन् ।
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय दलित समुदायले मात्र बजाउनुपर्र्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री समुदायका महिलाले पनि तालिम लिँदैछन् ।
प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गर्नुभएको छ ।
सुन्दर पाख्रिवास (फोटो फिचर)
पछिल्लो समय पूर्वमा पर्यटकीय गन्तव्य बन्दै गएको स्थान हो, धनकुटाको पाख्रिवास । पहिले पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रुपमा रहेको पाख्रिवासमा अहिले धेरै गन्तव्य विकास भएका छन् ।
समाजको शान्ति सुरक्षाका लागि प्रतिवद्ध रहन निर्देशन
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले सबै प्रहरी अधिकृतहरुले आ–आफ्नो पदीय दायित्व अनुसार अनुशासित र कर्तव्यनिष्ट भएर त्रृटीरहित ढङ्गबाट कार्य सम्पादन गर्न र आइपर्ने चुनौतीहरुलाई आफ्नो जिम्मेवारीको रुपमा लिएर शान्ति सुरक्षा अभियानमा प्रतिवद्ध रहन निर्देशन दिनुभएको छ ।
खाद्य स्वच्छता कायम राख्न नगरपालिकाको पहल
झापाको दमकमा रहेका कतिपय खाद्य उद्योगहरुले आधारभूत मापदण्ड समेत पालना नगरेको भेटिएपछि दमक नगरपालिकाले खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सुरु गरेको छ ।
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा शनिबार यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उहाँले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
मकालु हिमश्रृङ्खला
मौसम खुलेपछि दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट देखिएको मकालु हिमाल लगायतका हिमश्रृङ्खला ।
बस्तीमा हात्ती पसेपछि ज्यान जोगाउन मुस्किल
दुई साताअघिदेखि झापाका विभिन्न पालिकाका बस्तीमा जङ्गली हात्ती देखिन थालेपछि स्थानीयमा त्रास बढेको छ । जङ्गलबाट हात्ती सहरबजार र बाक्लो बस्तीमा नियमित आउन थालेका छन् । हात्तीबाट ज्यान बचाउन हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई मुस्किल हुन थालेको छ ।