• ६ पुस २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन

blog

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल जेसिजको महाधिवेशन समुद्घाटन कार्यक्रममा सहभागी हुनुुहँदै । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल
इटहरी, पुस ६ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गर्नुभएको छ ।

युवावर्गको नेतृत्व र व्यक्तित्व विकास अभियान लगायत सामाजिक र मानवीय सेवामा क्रियाशील नेपाल जेसिजको तीन दिने राष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री ओलिले समुद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री ओली नेपाल जेसिजको महाधिवेशको समुद्घाटन समारोहपछि आजै अपराह्न काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ भन्ने आस्था र मान्यतालाइ आत्मसात गर्दै अगाडि बढेको नेपाल जेसिजको तीन दिने ५१औं राष्ट्रिय महाधिवेशनमा देश भरका १७८ शाखाहरुबाटा पर्यवेक्षक र प्रतिनिधिसहित पाँच हजारभन्दा बढी युवावर्गको जमघट रहेको महाधिवेशन निर्देशक दिपक ढकालले जानकारी दिनुभयो ।

इटहरी जेसीजको आतिथ्यतामा प्रारम्भ भएको महाधिवेशनमा प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ । राष्ट्रिय महाधिवेशनमार्फत सन् २०२५ का लागि नेपाल जेसिजको राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुँदैछन् ।