• ७ पुस २०८१, आइतबार

फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिमको विजय सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै फिदिम र करसाङका खेलाडी। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, पुस ६ गते। फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विजय सुरुवात गरेको छ। शनिबार सदरमुकाम फिदिमस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा प्रतिस्पर्धी भारतको करसाङ फुटबल क्लबलाई हराएसँगै फिदिम स्पोर्टिङ क्लबले ११ औं संस्करणको फाल्गुनन्द गोल्डकपमा विजयी सुरुवात गरेको हो। 

यो जितसँगै आयोजक क्लब फिदिम क्वाटर फाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न नसकेपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो।

ट्राइबेकरमा फिदिमले करसाङलाई ४–५ गोल अन्तरले हराएको हो। फिदिमका लागि आशिष चापागार्इं, बिशाल दर्जी, राम वाजी, सुकराज राई र निरोस लिङदेनले गोल गर्नुभयो भने करसाङका तर्फबाट आकाश प्रधान, विशाल भण्डारी, प्रशान्त क्षेत्री र रुष्टम प्रधानले गोल गर्नुभयो। करसाङका छोङ्ले लामा गोल गर्नबाट चुक्नुभयो।

आइतबार मछिन्द्र फुटबल क्लब काठमाडौं र झापा–११ झापा बिच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले जानकारी दिनुभयो।

प्रतियोगिताको फाइनल पुस १५ गते हुनेछ।

फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख पाँच सय ५५ रुपियाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपियाँ प्राप्त गर्नेछन्।