• १० माघ २०८१, बिहिबार

सुन्दर पाख्रिवास (फोटो फिचर)

blog

पाख्रिवास नगरपालिका ४ मा रहेको पर्यटकीय स्थल संसारी माईस्थान सिमसार क्षेत्र । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले, पुस ६ गते ।
पछिल्लो समय पूर्वमा पर्यटकीय गन्तव्य बन्दै गएको स्थान हो, धनकुटाको पाख्रिवास । पहिले पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रुपमा रहेको पाख्रिवासमा अहिले धेरै गन्तव्य विकास भएका छन् । धनकुटा सदरमुकामबाट करीब १७ किलोमिटर उत्तर तथा पर्यटकीय नगरी हिलेसँगै जोडिएरको यो स्थानमा केहि गन्तव्य निर्माणकै क्रममा रहेका छन् ।

कृषि अनुसन्धान केन्द्र बाहेक संसारी माइस्थान सिमसार क्षेत्र, जौटार सामुदायीक बन क्षेत्र, राम्चे डाँडा पाख्रिवास बजारमाथि निर्माण गरिएको मन्दिर मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका स्थानिय प्रेम भण्डारी बताउनुहुन्छ । यी स्थान सहित पाख्रिवास बजारबाट उकालो लागेर जौटार सामुदायीक वन तर्फको यात्रा गर्दा डाँडाबाट देखिने सुन्दर हिमाल, पहाडी मनोरम दृश्य तथा जैविक विविधताले जो कोहीको मन लोभ्याउछ ।

पर्यटकीय स्थानमा पूर्वाधार निर्माणको काम भइरहेको पाख्रिवास नगरपालिकाका प्रमुख  ज्ञानबहादुर गुरुङ बताउनुहुन्छ । “हाम्रो पालिकाको मुख्य लक्ष्य भनेको पूर्वाधारसहित कृषि र पर्यटन हो सोही लक्ष अनुसार पर्यटन तर्फ पनि काम गरीरहेको छौं ।” गुरुङ भन्नु हुन्छ ।