• २६ असार २०८२, बिहिबार

हात्तीद्वारा दुई घरमा क्षति

blog

फाइल तस्बिर

बिष्णुप्रसाद पोखरेल

दमक, असार २६ गते । झापामा हात्तीको कारण जनजीवन प्रभावित बनेको छ । झापाका अधिकांश पालिकाहरुमा हात्तीको दैनिक आवत–जावत हुनेगरेको छ । यसैबिच कचनकवल गाउँपालिकाको दुई घरमा हात्तीले बुधबार राति क्षति गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारकोशे जङ्गलबाट निस्किएका दुई वटा जंगली हात्तीले कचनकवल गाउँपालिका –६ मा बाबुराम हेमरम र बड्का सोरेनको घर भत्काएर क्षति गरेको हो ।   

टिनको छानो र टाँटी बेरा भएको दुई वटै घरलाई स्थानीय जंगलबाट निस्केका हात्तीले क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँहरुको घरभित्र भएको अन्नपात नष्ट गरेको छ ।

बुद्धशान्ति गाउँपालिकामा पनि हात्तीले एक पक्की घरमा क्षति गरेको छ । हात्ती सूचना केन्द्रका अनुसार बुद्धशान्ति –५ का दिपक थपलियाको घरमा जंगली हात्तीले क्षति गर्नुका साथै अन्नबाली नष्ट गरिदिएको छ ।