• २६ असार २०८२, बिहिबार

पाँच किलो लागूऔषधसहित एक पक्राउ

blog

लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका अभियुक्त ।

मुना हमाल

सुर्खेत, असार २६ गते । लागूऔषध (अफिम) पाँच किलोसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका –१० तालबारीबाट जुनिचाँदे गाउँपालिका –१० का जयबहादुर बस्नेत पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले पक्राउ गरेको जानकारी दिनुभयो । 

प्रहरीले पक्राउ परेका व्यक्तिबाट तौल गर्ने डिजिटल तराजु एक थान, विभिन्न बैंकका चेक पाँच थान र नगद चार हजार ७३० रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अफिमको मूल्य प्रतिकिलो एक लाख ६० हजार पर्छ । पक्राउ पर्ने व्यक्तिबाट आठ लाख ८६ हजार चारसय मूल्य पर्ने उहाँले बताउनुभयो । 

पहाडी जिल्ला जाजरकोटलगायत स्थानबाट लागूऔषध (अफिम) उत्पादन, संकलन गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी कार्यालयले जनाएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार १०० ग्राम माथि अफिमको कारोबार गर्नेलाई १५ वर्षसम्म कैद र पाँच लाखदेखि २५ लाखसम्म सजाय हुने व्यवस्था छ । 

पछिल्लो समय लागूऔषध कारोबार र सेवनकर्ताहरुको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख, जेठ, र असार महिनामा लागूऔषधसहित ४४ जना प्रक्राउ परेका छन् ।