• ३ पुस २०८१, बुधबार

अन्तर मावि कवितावाचनमा दाहाल प्रथम

blog

अन्तर मावि कवितावाचन कार्यक्रमका विजेतालाई पुरस्कार वितरण गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, पुस ३ गते । सुनसरीका इनरुवा नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिकाको आयोजनामा अन्तर मावि कवितावाचन कार्यक्रम सम्पन्न भएको छ । 

बुधबार सम्पन्न भएको प्रतियोगितामा जनक माविका सुज्ञान दाहाल प्रथम, सरस्वती मावि बबियाका सुरेन्द्र यादव द्वितीय र इस्टपोईन्ट इंग्लिस बोर्डिङ् स्कुलका कवज पोखरेल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई इनरुवाका नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनीता मेहता र प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले सिल्ड तथा प्रमाणपत्रसहितको पुरस्कार वितरण गर्नुभयो । 

प्रतियोगितामा साहित्यकार छविनाथ रिजाल, डम्बरुबल्लभ भण्डारी र जयकृष्ण यादव निर्णायक मण्डलमा रहनुभएको थियो । सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउने क्रममा अन्तर मावि कविता वाचन कार्यक्रम सम्पन भएको सामीका जिल्ला संयोजक तथ अधिकृत धिरज भट्टराईले जानकारी दिनुभयो ।   

इनरुवाका विभिन्न १४ माध्यमिक विद्यालयका विद्यार्थी प्रतियोगीहरुको सहभागितामा अन्तर माध्यमिक विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । वैदेशिक रोजगार शीर्षकमा भएको प्रतियोगितामा १४ विद्यालयका प्रतियोगीले कवितावाचन गरेको र वैदेशिक रोजगारका बारेमा उत्कृष्ट कविता वाचन गरेको सामिका जिल्ला संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा अतिथिका रुपमा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, शिक्षा शाखाका स्वतिका दाहाल, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहसहितले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको औचित्यका बारेमा बोल्नुभएको थियो ।