• ७ वैशाख २०८२, आइतबार

पत्रकार निरौलाको निधन

blog

स्वर्गीय राजन निरौला ।

जयकृष्ण यादव 

इनरुवा, मंसिर ३० गते । सुनसरीका अग्रज पत्रकार राजन निरौलाको निधन भएको छ । इनरुवा नगरपालिका ३ निवासी ६० वर्षिय अग्रज पत्रकार प्रेस चौतारी नेपालका नेता तथा ब्लाष्ट टाईम्सका सामाचारदाता भएर काम गर्नुभएको थियो । निरौलाको मष्तिस्घाटका कारणले निधन भएको हो । 

झण्डै तीन दशकदेखि इनरुवाबाट पत्रकारिता गर्दै आइरहनुभएको निरौलाको भारत भ्रमणको क्रममा मष्तिस्घात भएको थियो । दिल्लीको एम्स हस्पिटल तथा धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएपछि उहाँलाई घर ल्याइएको थियो । उहाँको शनिबार विहान निधन भएको थियो । उहाँको असामयिक निधनको खबरले पत्रकार दुःखी भएका छन् । उहाँको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।