• ८ असार २०८२, आइतबार

‘खण्ड खण्डमा जिन्दगी : जिज्ञासा र अनुभवको इतिवृत्त’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ८ गते । पूर्वप्रशासक पद्मप्रसाद पोखरेलको आत्मवृत्तान्त ‘खण्ड खण्डमा जिन्दगी : जिज्ञासा र अनुभवको इतिवृत्त’ सार्वजनिक भएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पोखरेलको आत्मवृत्तान्त शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले भन्नुभयो, मेरो स्कुले मित्रको पुस्तक नयाँ पुस्ताका प्रशासकलाई पढाउनुपर्ने किसिमको छ । 

पूर्वमुख्य सचिव विमल कोइरालाले अचेलका धेरै जसो आत्मकथामा आत्मप्रशंसा बढी हुने बताउनुभयो । लेखकले पुस्तकमा उक्त धारणालाई तोडेको र यसभित्र भावना र प्रज्ञाको गजबको संयोजन रहेको धारणो व्यक्त गर्नुभयो । यस्तै वरिष्ठ पत्रकार किशोर नेपालले लेखकले आफूलाई जस्तो हो त्यस्तै रूपमा पुस्तकमा प्रस्तुत गरेको बताउनुभयो । आत्मवृत्तान्तमा पोखरेलले आफ्नो २५ बर्से सरकारी सेवामा रहँदा देशको राजनीति, प्रशासन, सुरक्षा, अन्तर्राष्ट्रिय परिस्थिति र देशभित्रै देखापरेका आन्तरिक कलहका विषयलाई समेटेका छन् । पुस्तकलाई पारसप्रकाश नेपालले सम्पादन गर्नुभएको हो ।