• ११ पुस २०८१, बिहिबार

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

blog

प्रधानमन्त्री केपी शर्मा ओली झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गर्नुहुँदै । साथमा उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी हुनुहुन्छ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

झापा, मङ्सिर २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गर्नुभएको छ ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी रहनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओली झापामा

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

झापामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री ओली झापा जानुहुँदै