• ७ पुस २०८१, आइतबार

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

blog

प्रधानमन्त्री केपी शर्मा ओली झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

झापा, मङ्सिर २३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गर्नुभएको हो । कार्यक्रममा आश्रमका लागि  दुई बिघा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियोे । 

प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोे छ । 


यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओली झापामा