सन्तोष राउत
सोलुखुम्बु, असार ८ गते । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर एक जना प्राविधिकको मृत्यु भएको छ । विद्युत् पोलको ट्रान्सफरमारमा काम गरेको अवस्थामा घाइते भएका सोलुदूधकुण्ड नगरपालिका–७, भित्ताखर्कका ३५ वर्षीय रबिन बस्नेतको उपचारको क्रममा फाप्लु अस्पतालमा मृत्यु भएको हो ।
केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा बस्नेतलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका बस्नेतलाई तत्कालै जिल्ला अस्पताल फाप्लु पुर्याइएको थियो । गरुड सेक्युरिटी सर्भिसमार्फत विद्युतको प्राविधिकको रुपमा काम गर्दै आएका बस्नेतको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।