• ९ पुस २०८१, मङ्गलबार

विजनेश कम्प्लेक्ससहित ६ संरचनाको नयाँ ब्यवस्था

blog

विज्नेस कम्प्लेक्स उदघाटन कार्यक्रममा आउनुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंह ।

बिष्णुप्रसाद पोखरेल

दमक, मङसिर २३ गते ।  उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरासहित नेपालका ६ वटा विशेष संरचनालाई सञ्चालनका लागि नयाँ ब्यवस्था गर्न लागिएको बताउनुभएको छ । 

आर्थिक बिकासमा टेवा दिने धरहरा, दमकको बिजनेश कम्प्लेक्सलगायतका योजना सञ्चालनका लागि कार्यविधि ल्याइसकिएको बताउँदै उहाँले त्यस्को कार्यान्वयन हुने बताउनु भएको हो ।

नेपाली काँग्रेस दमक नगर समितिले आइतवार दमकमा आयोजना गरेको कार्यक्रममा  काँग्रेस नेता समेत रहनु भएका सिंहले सञ्चालनको जिम्मेवारीबाट संघीय सरकार नपन्छने स्पष्ट पार्नुभयो । यस प्रकारका संरचना सञ्चालनसम्बन्धिको अन्योलता अब हटेको छ, उहाँले भन्नुभयो । 

ठुला विशिष्टकृत योजनालाई ब्यवस्थित ढङ्गले चलाएर आर्थिक बिकासमा जोड्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । संरचनाहरु बनेपछि उद्देश्यअनुरुप सञ्चालन हुनुपर्छ र गर्नुपर्छ, उहाँको भनाई छ । उहाँले दमकको विजनेश कम्प्लेक्स नेपालकै नमुना भएकाले यो चाँडो सञ्चालनमा आउने जानकारी दिनुभयो ।

मुलुकमा स्थिरता प्रदानगरी बिकासको गतिलाई अघि बढाउन काँग्रेस स्पष्ट रुपमा अघि बढ्ने उहाँले बताउनुभयो । पार्टीभित्र केही बेथितिहरु रहेका छन्, त्यसलाई हटाएर ब्यवस्थित रुपमा अघि बढ्नुपर्छ, उहाँले भन्नुभयो । मूलकको विकासका लागि जनभावाना बुझेर अघि बढ्नुको बिकल्प नरहेको उहाँको भनाइ छ ।