दुर्लभ रेडपान्डा संरक्षण क्रियाकलापमा दुई करोड खर्च गरिँदै
ताप्लेजुङमा दुर्लभ रेडपान्डा संरक्षणसम्बन्धी क्रियाकलापमा करिब दुई करोड रुपियाँ खर्च गरिने भएको छ। रेडपान्डा संरक्षणको काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले चालू आर्थिक वर्षमा उक्त रकम खर्च गर्ने भएको हो।
आरजु राइस गोल्डकप असोजमा
एलएक्ससिटी फुटबल क्लब बेलबारी मोरङको आयोजनामा आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण असोज ११ गते देखि हुने भएको छ ।
डढुवा गाउँ पहिरोको उच्च जोखिममा
धनकुटाको साँगुरीगढी गाउँपालिका सात डढुवा गाउँका फुलमाया राईको घरै नजिकै सुख्खा पहिरो झरिरहेको छ । पहिरो घरभन्दा करिब ५० मिटर पर छ । पहिरोकै कारण घरसँगै जोडिएको घडेरी झरेर करिब १० मिटर तल पुगेको छ ।
बालिका बलात्कार आरोपमा दुई किशोर पक्राउ
ओखलढुङ्गामा बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो । एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो ।
कोशीमा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो
दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको हो ।
लगानी अनुसार जुटले मूल्य पाएन
जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ ।
रुद्राक्षबाट मनग्गे आम्दानी
धरान उपमहानगरपालिका–१६ बस्ने सुमिता डङ्गोलले रुद्राक्षको दानाबाट सामान बनाएर मनग्गे आम्दानी गर्दै आउनुभएको छ । करिब छ वर्षअघि धनकुटामा बसोबास गर्दा घरमा भएको रुद्राक्षको दाना बिक्री हुन छाडेपछि सदुपयोग गर्न पूजा गर्दा फूल राख्ने ढाकी बनाएकोमा राम्रो बनेपछि साथीभाई, इष्टमित्रले किनेर लैजान थाले । यसबाट हौसला मिलेर व्यापार सुरु गरेको व्यापारी डङ्गोलले बताउनुभयो ।
मिसाए फोहोर, छुट्याए मोहर
फोहोर फाल्ने ठाउँ भन्नेबित्तिकै जताततै फोहोरैफोहोर, दुर्गन्ध, किरा झिँगाले घेरिएको जानै नसकिने ठाउँ जस्तो लाग्न सक्छ । हुन पनि फोहोर व्यवस्थापन केन्द्रको दृश्य प्रायः त्यस्तै नै हुन्छ । तर धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा न त फोहोर छरपस्ट छ, न दुर्गन्ध र किरा झिँगाले घेरिएको छ । फोहोर व्यवस्थापन केन्द्रमा फोहोरमाथि सुन्दर बगैँचा छ । वर्षैभरि मौसम अनुसारका फूल फुल्छन् । देशका विभिन्न स्थानबाट फोहोर व्यवस्थापनको तरिका सिक्न बर्सेनि सयौँ व्यक्ति त्यहाँ पुग्छन् । अन्य स्थानमा फोहोरको समस्या विकराल भइरहँदा धनकुटामा यसलाई नवीनतम ढङ्गले व्यवस्थापन गरिएको छ ।
उर्लाबारी रन असोजमा
मोरङको उर्लाबारीमा आगामी असोज ३ गते उर्लाबारी रनको सातौँ संस्करण आयोजना हुने भएको छ ।
सामुदायिक वनका अध्यक्षविरुद्ध ३९ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा
इलामको इलाम नगरपालिका वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।
लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा
लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।
बलियो सञ्चार नीति आवश्यक
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले स्थानीय र प्रदेश सरकारले बलियो सञ्चार नीति बनाउन आवश्यक रहेको बताउनुभएको छ । पछिल्लो समय जिल्लामा रहेका सञ्चार माध्यम आर्थिक रूपमा धराशायी बन्दै गएको र व्यावसायिक पत्रकारितासमेत धरापमा रहेकाले अब सञ्चार क्षेत्रलाई बचाउन पनि हरेक स्थानीय तहले बलियो सञ्चार नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यालय अस्थायी, कर्मचारी स्थायी : स्थानीय तहमा सधैँ अभाव
अस्थायी प्रकृतिका कार्यालयमा स्थायी कर्मचारी खटाउँदा स्थानीय तहमा सधैँ कर्मचारी अपुग हुने गरेको छ । अहिले पनि २४८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यस्तो अवस्थामा समेत सरकारले विभिन्न बोर्ड, परिषद्, समिति, आयोजना तथा कार्यक्रमलगायतका अस्थायी प्रकृतिका निकायमा स्थायी कर्मचारी खटाउँदै आएको छ ।
वित्तीय संस्थामा आक्रमण गर्ने चारजना पक्राउ
मोरङको कानेपोखरी–२ थारुचौकमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लि. मा आगजनी प्रयास गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शीतभण्डार प्रयोगविहीन भएपछि विकल्प खोज्दै नगरपालिका
१३ वर्षअघि इलाम सदरमुकाममा निर्माण सम्पन्न भएको शीतभण्डार प्रयोगविहीन भएपछि इलाम नगरपालिकाले शीतभण्डारमा के गर्ने भन्ने विकल्प खोज्न थालेको छ ।
धान नाचमा रमाउँदै लिम्बू समुदाय
मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य धान नाच (याःलाङ) आयोजना गरेका छन्। लाखेजात्राको अवसर पारेर धान कार्यक्रमको आयोजना गरी लिम्बू समुदायका मानिस धान नाचेर रमाएका हुन्।
ओखलढुङ्गामा श्रीकृष्ण जन्माष्टमीमा जात्रा
श्रीकृष्ण जन्माष्टमी अवसरमा ओखलढुङ्गामा भव्य कृष्ण जात्रा निकालिएको छ । जिल्ला सदरमुकाममा रहेका तीन वटा गुठीले छुट्टाछुट्टै कृष्ण रथसहितको यात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरो खस्दा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको नागी भन्ने ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड अवरुद्ध भएको हो ।
चरा संरक्षण गर्न विद्यालयमा जनचेतना
कोशीटप्पु वन्यजन्तु आरक्षको घाँसे मैदान तथा सिमसार क्षेत्रमा आश्रित चरा संरक्षणका लागि विद्यालयस्तरीय सचेतना शिक्षा सुरु गरिएको छ । आरक्ष क्षेत्रमा चरा कम देखिन थालेपछि नेपाल पन्छी संरक्षण सङ्घको सहयोगमा कोशी पन्छी समाजले जनचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।
निसान पदमार्गको पहिचान अन्तिम चरणमा
इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निसान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिइने तयारी भएको छ । नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत्
प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो ।
चिया बजारीकरणका लागि प्रतिस्पर्धा
नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदानका लागि नेपालमा पहिलो पटक नेपाली चियाको प्रतिस्पर्धा गराइने भएको छ । इलामको सूर्योदय नगरपालिकामा रहेको ‘टी स्टेसन इन्क’ आयोजनामा भदौ ११ गते काठमाडौँमा प्रतिस्पर्धा गराउन लागिएको हो । स्वदेशी तथा विदेशी बजारमा नेपाली अर्थोडक्स चियाको माग र बजार विस्तारको सम्भावना खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको टी स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताउनुभयो । प्रतियोगितामा नेपालका साना ठुला सबै गरी एक सयभन्दा बढी चिया उद्योगले प्रतिस्पर्धामा भाग लिने छन् ।
पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु
खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो ।