• ८ पुस २०८१, सोमबार

बाघखोलाको पुल निर्माण अन्तिम चरणमा

blog

धरान चतरा सडक खण्डको बाघ खोलाको पुल निर्माणको अन्तिम चरणमा । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, मङ्सिर १७ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत धरान चतरा सडक खण्डमा पर्ने बाघखोलाको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने बगुवा खोलामा पुल निर्माण गर्न थालिएको छ। दुबै पुल निर्माण भएसँगै वषौंदेखि वर्षायाममा यात्रुहरुले खेप्दै आएको सास्तीको अत्य हुने भएको छ । 

मदन भण्डारी राजमार्गको वराहक्षेत्र १ मा रहेको बाघखोलामा ६० मिटर लम्बाइ ११ मिटरभित्र दुबैतर्फ पेटीसहितको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको पुल निर्माणमा खटिएका ठेकेदार कम्पनीका प्रतिनिधि दीपक श्रेष्ठले बताउनुभयो । सूर्य एण्ड सन्स निर्माण कम्पनीले २२ करोडमा भ्याटसहित ठेक्का पारेर धरानदेखि चतरासम्म चार वटा मोटरेबल पुल निर्माणको काम गर्दै आएको श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाघखोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण सुरु गरिएको छ । धरानदेखि चतरा सडकमा रेल्वे खोला, ठकुरी खोला, बगुवा खोला र बाघखोलामा पुल निर्माण हुनेछन् ।" 

भोजपुर, खेटाङ, उदयपुरका स्थानीयहरु स्वाथ्य, शिक्षा र कृषि उपज बिक्रि वितरण गर्न धरान बजार जाने सडक खण्डमै पुल नहुँदा वर्षाैंदेखि वर्षामा सास्ती खेप्दै आएको स्थानीय जनप्रतिनिधि कुमार भटराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल सुचारु भएपछि सडक खण्डमा यात्रा गर्नेहरुले सास्ती व्यहोर्नु परेन । बर्षामा बाघखोला तर्दा मानवीय क्षति पनि हुँदै आएको थियो । 

बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म १ हजार २ सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माणको काम भइरहेको छ ।