• ८ पुस २०८१, सोमबार

उदयपुरको त्रियुगा १२ मा नेकपा (माओवादी)का राई विजयी

blog

त्रियुगा नगरपालिका वडा नं १२ को विजयी हुनुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार नवीनकुमार राई । तस्विरः भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर १७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को वडा अध्यक्ष पदका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ । 

उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नवीनकुमार राईले नौ सय २३ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका लक्षिनारायण चौधरीले छ सय आठ मत प्राप्त गर्नुभएको छ । 

उता वेलका नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदको मत गणना भने विवादका कारण राती १२ बजेदेखि स्थगित भएको छ । चार सय मत गणना गर्दा १६८ मत बदर भयपछि उम्मेदवारका प्रतिनिधिहरूबिच विवाद हुदाँमा गणना स्थगित भएको हो । विवाद समाधानका लागि सोमवार बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।