• ८ पुस २०८१, सोमबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर १७ गते । मोरङको बेलबारी नगरपालिका–८ स्थित यमआई क्रसर उद्योगबाट सिलिङकन (सडक निर्माणमा प्रयोग हुने मसिनो गिट्टी) लोड गरेर बाहिर निस्किने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरहरैँचा ७ गछियाका ट्याक्टर धनी २५ वर्षीय राजु तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जाएको छ । 

को २ त ७५४८ नम्बरको ट्याक्टर आइतबार दिउँसो सवा ३ बजेतिर इन्जिन अगाडि उठेर पल्टिएको थियो । ट्याक्टर पल्टिँदा दुर्घटनामा पर्नुभएका ट्याक्टर चालक राजु तामाङ गम्भीर घाइते हुनुभएको थियो । तामाङलाई तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो ।

उपचारका क्रममा साँझ ५ बजे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना चालककै लापरबाहीले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।