• २८ असार २०८२, शनिबार

भानु जयन्तीमा प्रदीप रोदनको गजल वाचन

blog

गजल वाचन गर्नुहुँदै प्रदीप रोदन ।

अमरराज नहर्की

तनहुँ, असार २७ गते।  देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जित्नु भएका गजलकार प्रदीप रोदनको  दमौलीमा प्रस्तुति हुने भएको छ।  

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा २१२ औँ भानुजयन्तीको अवसरमा शनिबार दमौलीमा रोदनले गजल वाचन गर्नुहुने भएको हो।  धेरैको मन जितेकाले रोदनलाई आफ्नो गजल वाचनको लागि आमन्त्रण गरिएको प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानेले जानकारी दिनुभयो। 

 युवापुस्ता माझ निकै लोकप्रिय गजलकार प्रदीप रोदन सामाजिक, राजनीतिक विकृतिदेखि प्रेम–विछोडका विषयलाई गजलमार्फत् प्रस्तुत गर्नुहुन्छ।