पुरुषोत्तमलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा सम्पन्न राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ ।
रेडपाण्डा संरक्षणका लागि टोपी उत्पादन
लोपोन्मुख रेडपाण्डा खोटाङका जङ्गलमा पाइन्छन् । संरक्षणका लागि अहिले कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । संरक्षण कार्यक्रम अन्तर्गत रेडपाण्डाको चित्र अङ्कित ऊनको टोपी उत्पादन सुरु गरिएको छ ।
ताप्लेजुङमा सात सयले पाए राष्ट्रिय परिचयपत्र
ताप्लेजुङमा अहिलेसम्म सातसय जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । ताप्लेजुङमा चार वर्ष अघिदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता अर्थात् विवरण सङ्कलन गर्न सुरु गरिएको थियो ।
ताप्लेजुङ गोल्डकप उपाधिका लागि मोरङ र सिराहा प्रतिस्पर्धा गर्दै
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा यूथ क्लब मोरङ र सलहेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा हुने भएको छ ।
फिदिममा विपद् सहायता सामग्रीको खुला कक्ष स्थापना
यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ ।
सामान्य रोगबाट रङ्गेलीवासी मर्नु पर्दैन
रङ्गेली मोरङ जिल्लाको पुरानो सदरमुकाम हो । विराटनगरबाट २२ किलोमिटर पूर्वमा भारतसँग सात किलोमिटर सिमाना जोडिएको रङ्गेली नगरपालिका जिल्लाकै पुरानो बजार हो ।
देखिन छाडे ‘इन्जिनियर’ बायाँ तोप चरा
गाउँघरका घरवरिपरि नरिवल सुपारीलगायतका रुखमा झुन्डिरहेका सिप र कलाले भरिपूर्ण सुन्दर गुँड अचेल देखिन छाडेका छन् । सुन्दर गुँड बनाउने खुबी भएकैले ‘इन्जिनियर’ मानिने बायाँ तोप चरा डेढ दशकअघिसम्म ठुलै सङ्ख्यामा गाउँघरमा देखिन्थे । पोथी चरालाई आकर्षित गर्न कलात्मक गुँड बनाएर बस्ने चरा अहिले भने गाउँघरमा देखिन छाडेका छन् ।
धुम्रानाच खोज्दै गाउँतिर
थारू समुदायमा धुम्रानाचको सांस्कृतिक महत्व छ । समुदायको धार्मिक चित्रण, समुदाय र पारिवारिक एकता र परदेसिएका श्रीमान्सँगको बिछोड, प्रकृति जस्ता विषयलाई आधार बनाएर धुम्रानाच नाच्ने गरिन्छ । नटुवा, मृदङ्गिया, झाइल वादक र गबैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर सङ्कलन गर्ने कार्य थालिएको छ ।
दिक्तेलमा नचाइयो लाखे
खोटाङको दिक्तेल बजारमा सामाजिक गुठीले दिक्तेल, सोल्मा, खाल्ले, बुइपा, खार्मी, राजापानीलगायत ठाउँका लाखे टोली झिकाएर लाखेनाच प्रदर्शन गरेको छ । किराँत चोकबाट सुरु भएको लाखेनाच बेसक्याम्प, त्रिवेणी चोक, शङ्खधर साख्वा चोकहुँदै हाटडाँडा पुगेर समापन गरिएको थियो । नेवारी वेशभूषामा सजिएका नेवार समुदायले दिक्तेल बजारमा शनिबार लाखे नृत्य प्रस्तुत गरेका हुन् । दिक्तेल सरोकार केन्द्रका संयोजक टङ्क श्रेष्ठका अनुसार समुदाय मिलेर मात्रै यस्ता संस्कृति जोगाउन सकिन्छ ।
घर फर्कंदै गरेका विद्यार्थीको चट्याङ लागेर निधन
पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा न+= २ का एक बालकको चट्याङ लागेर निधन भएको छ ।
गाउँमै पुगेर स्वास्थ्य सेवा प्रदान
जिल्लाको चम्पादेवी गाउँपालिकाले गाउँ गाउँ पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर गाउँ गाउँका जनतालाई स्वास्थ्य सेवा दिएको हो ।
दाहसंस्कारमा प्लाष्टिकजन्य पदार्थ प्रतिबन्ध
इलाम नगरपालिका–४ ले आफ्नो वडामा पर्ने पुवा खोलामा मानव शवको दाहसंस्कारमा गाडीको टायर तथा प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
ऐतिहासिक निशान पदमार्गको पहिचान अन्तिम चरणमा
इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिइने तयारी भएको छ ।
नेपाली सीप जापानमा प्रचार गर्दै मूर्तिकार मञ्जुल
झण्डै दुई दशकअघि राष्ट्रलाई एक हजार मूर्ति निर्माण गरी उपहार स्वरूप सुम्पने घोषणा गर्नु भएका मोरङ, उर्लाबारी–६ का मूर्तिकार मञ्जुल मितेरीले आफ्नो अभियान १८ वर्षभित्र पूरा गर्न सक्नु भएन । उहाँ अझै थाक्नु भएको छैन ।
‘ड्युटी’मा खटिएका सहायक हवल्दारको निधन
‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस हुनुभएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।
शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै
सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पादन गरेको तरकारी र फलफूल खेर जाने गरेको छ ।
करेन्ट लागेर बालकको मृत्यु
फिदिम नगरपालिका –२ पल्लोटारमा करेन्ट लागेर १५ वर्षीय एक जना बालकको मृत्यु भएको छ ।
तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र
भोजपुरको षडानन्द नगरपालिका वडा नं १२ पात्लेधाराबाट आइतबार बिहान लिएको अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको खांदबारीमा अवस्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र ।
पहिरोले घरमा क्षति
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा वर्षासँगै गएको पहिरोले एक घरमा क्षति पुगेको छ । शनिबार साँझपछि सुरु भएको वर्षाका कारण फक्ताङ्लुङ गाउँपालिका –२ खेजेनिमका स्थानीय पूर्ण शेर्पाको घरमा क्षति भएको हो ।
खेल दर्शकबाट तेह्र लाख सङ्कलन
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा टिकट बिक्री गरेर हालसम्म साढे तेह्र लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्ममा टिकट बिक्रीबाट कुल १३ लाख ६३ हजार सात सय रुपियाँ सङ्कलन भएको हो ।
बुढीगङ्गामा सरसफाइ शुल्क अनिवार्य
बुढीगङ्गा गाउँपालिकाले सेवा नलिएका सर्वसाधारण नागरिकबाट पनि जबरजस्ती सरसफाइ शुल्क असुल्ने गरेको छ । सर्वसाधारण नागरिकलाई सेवाका बारेमा जानकारी नै नदिई गाउँपालिकाले एकीकृत सम्पत्ति करमा जोडेर सरसफाइ शुल्क असुल्ने गरेको हो ।
‘गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रकाशित
पृथ्वीनारायण शाह र उहाँका बुवा नरभूपाल शाहका राजनीतिक सल्लाहकार बिसे नगर्चीको विषयमा खोज, अनुसन्धान गरी लेखक दीपेन्द्रराज तिम्सिनाले ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशित गर्नुभएको छ । विभिन्न समयमा इतिहासकारले लेखेका ऐतिहासिक दस्ताबेजमा पनि बिसेले नुवाकोट दुई पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई उचित समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।
संस्कृति संग्रहित गर्ने अभियानमा थारू युवा
थारू समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई संग्रहित गर्ने अभियान थालेका छन्।