• ९ पुस २०८१, मङ्गलबार

आँखा शिविरमा निःशुल्क सल्यक्रिया गरिने

blog

फिदिममा आयोजना हुने आँखा शिविरको जानकारी दिन हेल्प टुगेदर फाउण्डेसनले आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, मङ्सिर २३ गते । आँखाकोे समस्या भएका पहाडी तीन जिल्लाका नागरिकलाई सेवा दिन पाँचथरको फिदिममा तीन दिने निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।

फिदिम नगरपालिकाको आर्थिक सहयोग र हेल्प टुगेदर फाउण्डेसनको आयोजनामा मङ्सिर २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने शिविरमा पाँचथर, ताप्लेजुङ र तेह«थुमका १ हजार २ सय बिरामीको आँखा परीक्षणसँगै २ सयभन्दा धेरै नागरिकका आँखाको सल्यक्रिया गर्ने लक्ष रहेको आयोजक हेल्प टुगेदर फाउण्डेसनका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरबारे जानकारी दिने उद्देश्यले आइतवार आयोजक हेल्प टुगेदर फाउण्डेसनले दिएको जानकारीअनुसार शिविरमा मेची आँखा अस्पताल बिर्तामोडका चिकित्सकहरुको प्राविधिक सेवा रहने बताइएको छ ।

शिविर सञ्चालनका लागि फिदिम नगरपालिकाले ४ लाख ७९ हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । शिविरमा निःशुल्क आँखा चेकजाँच, मोतियाबिन्दुको सल्यक्रिया, निःशुल्क चश्मा वितरण र औषधी वितरणसहितका सेवा सञ्चालन हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।