झापा, मङ्सिर २३ गते । झापाको झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फूलमाया मुर्मुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका – ७ बस्ने २८ वर्षीय अजय यादव र झापा शिवसताक्षी नगरपालिका–७ बस्ने २४ वर्षीय अशोक यादव रहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
शनिबार अपराह्न ४ः३० बजे मुर्मु मृत अवस्थामा फेला पर्नुभएको थियो । मुर्मु मृत अवस्थामा रहेको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालयले केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा मृत महिलाको टाउको र चिउँडोमा कलको ह्याण्डिल र फरुवासहितले प्रहार गरेको देखिएको प्रवक्ता चन्दले बताउनुभयो ।
घटनामा संलग्नको खोजी गर्ने क्रममा कलश मोबाइल एक थान र साइकल एक थानसहित यादवद्वयलाई झापा गाउँपालिका–७ मदरगाछबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।