बहुउपयोगी बाबरी फूल
नेपाल प्राकृतिक स्रोतसाधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेका प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वन र त्यहाँभित्र पाइने जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटी वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको अद्वितीय उपहार मान्न सकिन्छ ।
पानी पिउनुहोस्, स्वस्थ रहनुहोस्
हरेक दिन बिहानै उठेर मनतातो पानी कम्तीमा एक–डेढ गिलास र बढीमा तीन–चार गिलास पिउने गरेमा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुग्छ । अचेल चिकित्सक र जनस्वास्थ्य विद्हरूले राति सुत्नुअघि पनि मनतातो पानी एक–डेढ गिलास पिउन सल्लाह दिने गरेका छन् । हाम्रो शरीरमा पानीको ज्यादै महत्व रहेको छ तर पनि हामीले बिहान उठेर खाली पेटमा मनतातो अथवा चिसै पिउन सक्नेले चिसै भए पनि पानी पिउन खोज्दैनौँ, किन ?
तीक्ष्ण स्मरण शक्तिका सुयोग
सामाजिक सञ्जाल फेसबुकमा सुयोगको दुई मिनेटको सानो भिडियो छ । उक्त भिडियोमा सुयोगले सयौँ मान्छेको अगाडि उभिएर नहेरीकन नेपालको सातै प्रदेशको राजधानी, जनसङ्ख्या, जिल्ला, क्षेत्रफल, सङ्ख्या र जनसङ्ख्या भनिरहेको देख्न सकिन्छ । उनले चार्टमा देखाइएको कुरा फेरि सुल्टो भने जसरी नै उल्टोमा पनि भनेर उपस्थितलाई चकित पारेका छन् । उनको मेमोरी पावर अर्थात् कुनै पनि कुरा याद गरेर सम्झिरहन सक्ने क्षमता बढी देखिन्छ ।
द्रोणाचार्यका सन्तान दनुवार
नेपालका अधिकांश जातिले आफूलाई कुनै न कुनै भगवान् वा ऋषिका सन्तान मान्दछन् । नेपाली समाजमामा प्रचलित गोत्र तथा जातिको नामकरणले पनि यस्तो दाबी पुष्टि गर्छ । दनुवारहरू आफूहरूलाई द्रोणाचार्य ऋषिका सन्तान भएको दाबी गर्छन् । हुन त कतिपयले दुन क्षेत्रमा बसोबास गरेकाले दनुवार नामकरण भएको विश्वास गर्छन् तर दुन शब्दको प्रयोग धेरै पछि भएको विश्वास गर्ने हो भने यो आधार त्यति विश्वासिलो लाग्दैन । केही दनुवारले आफूलाई मध्यकालीन नेपालको सिम्रौनगढ राज्यका राजा नान्यदेवका सन्तान भएको बताउँछन् ।
पेनी लिक्समा खाइन्थ्यो आइसक्रिम
आइसक्रिम कोन (शङ्कु) ले कसरी रोगको असर कम गर्न मद्दत गर्दछ ? आइसक्रिम कोनको आविष्कार हुनुपहिले आइसक्रिमलाई ‘पेनी लिक्स’ भनिने पुनः प्रयोगीय सिसाका भाँडामा राखेर खान दिइन्थ्यो । जसबाट रोग फैलने र मानिस बिरामी पर्ने गर्थे किनभने ग्राहकले आइसक्रिम खाएपछि ती भाँडा पखालिँदैनथ्यो ।
बान्ता हुँदैमा आत्तिनु पर्दैन
बालबाललिकाले बिनाकारण वाकवाक र बान्ता गरेको हामीले देखेको हुनु पर्छ । विशेषगरी खाना खाने बेलामा वा खाना खाएपछि बच्चाले वाकवाक र बान्ता गर्छन् । हामीले बुझ्नु पर्ने कुरा के हो भने धेरै बालबालिकामा यो समस्या कुनै रोगले उत्पन्न भएको हुँदैन । सामान्य होसियारीले यो समस्याको समाधान घरमै हुन सक्छ र समस्या बल्झिएन भने औषधि खुवाउनु जरुरी पनि छैन । पेटमा भाइरसको सङ्व्रmमणले बालबालिकालाई वाकवाकी लाग्न सक्छ । बच्चामा वाकवाकी लाग्नुको यो एउटा प्रमुख कारण हुन्छ । साथै पेटमा समस्या ल्याउने केही समस्या तथा श्वासप्रश्वास प्रणाली, कान, छातीमा सङ्क्रम
विकिरणको प्रभावले तस्बिर दानेदार
सन् १९८६ अप्रिल २६ मा चेर्नोबिलमा विस्फोट भएको थियो । त्यसको १४ घण्टापछि चेर्नोबिलको जुन पहिलो तस्बिर खिचियो, यो त्यही हो । दुर्घटना भएको क्षेत्रमा विकिरणको स्तर मापन गर्न गएको हेलिकोप्टरबाट यो तस्बिर खिचिएको थियो । वायुमा विकिरण अत्यधिक भएका कारण तस्बिर दानेदार छ । क्यामराले तस्बिर खिच्न लाग्दा विकिरणका कारणले त्यसको रिल नै नष्ट हुन थालेको थियो । सो तस्बिर खिच्ने इगोर कोस्टिनले २० जति तस्बिर के खिचेका थिए क्यामराको मोटरमा नै विकिरणको प्रभाव पर्न थाल्यो । जब उनले रिलबाट तस्बिर तयार पार्न था
लोप भयो समुद्री गाई
आमरूपमा समुद्री गाई भनिने एउटा जीव चीनबाट लोप भएको छ । सामुद्रिक स्तनधारी जीव डुगोङ्ग लोप भएको घोषणा वैज्ञानिकहरूले गरेका छन् । शताब्दीयौँदेखि रेकर्डमा रहेको यो जीव दुई दशकयता नदेखिएको वैज्ञानिकहरूको भनाइ छ । वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले हालै यस विषयमा अनुसन्धान गरेको थियो । चार वटा चिनियाँ प्रान्तमा स्थानीय माछा मार्ने समुदायमा सर्भेक्षण गरी हराएको डुगोङ्ग जीवका बारेमा सबुत खोज्ने प्रयास गरियो ।
राजाविरुद्ध बोल्न नपाइने देश
दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डमा राजाको विरोध र आलोचना गर्न पाइँदैन । त्यहाँ राजाको मात्र होइन राजपरिवारका सदस्यको समेत विरोध र आलोचनामाथि रोक लगाइएको छ । राजतन्त्रमा सुधारको माग गर्ने मानवाधिकारकर्मी वकिल आनोन नाम्पा अहिले जेलमा छन् । उनलाई चार वर्षको जेल सजाय तोकिएको छ । सन् २०२० को अक्टोबरमा भएको प्रदर्शनमा नाम्पाले गरेको टिप्पणीका कारण बैङ्ककको एक अदालतले उनलाई दोषी ठहर ग¥यो । त्यसै गरी आन्चन नाम गरेकी थाई महिलालाई ४३ वर्ष जेल सजाय गरिएको छ ।