चौतारी संस्कृति
नेपाली जनजीवनको चिरपरिचित सांस्कृतिक विम्ब हो, चौतारी । यसलाई चिनाइरहनुपर्ने खाँचो पनि खासै छैन । यद्यपि यसको शास्त्रीय परिभाषासँग पनि परिचित हुनु श्रेयस्कर होला । ‘बृहत् नेपाली शब्दकोश’ (२०५८) ले चौतारीलाई वरपीपल आदिका छाहारीमुनि चारैतिर ढुङ्गा इँटले वा बनेको अग्ला पेटीमा बस्ने व्यवस्था भएको ठाउँ भनी परिभाषित गरेको छ (पृ. ४०९) । चौतारीलाई ठाउँ अनुसार ‘चौतारो’ वा ‘चौतारा’ भन्ने गरिएको पाइन्छ । स्याङ्जालगायत कतिपय भूगोलमा यसलाई ‘चौपारी’ पनि भन्ने गरिन्छ ।
सँगैका साथी पढाउँछन् जगन्नाथ
बालबालिकामा लोकगीत देउडा गीतप्रतिको आकर्षण हराउँदै गइरहेको छ । आजभोलि धेरै बच्चा मोबाइलमै रमाउन थालेका छन् । स्कुल समयभन्दा अन्य समय बच्चाको मोबाइल हेरेरै बित्ने गरेको छ । गीत गाउनु, देउडा गाउनु त बच्चाको सोचमा नै आउँदैन तर धनगढी उपमहानगरपालिकाको शारदा विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने
विश्व कूटनीतिका नायक किसिन्जर
अमेरिकी कूटनीतिज्ञ हेनरी अल्फ्रेड किसिन्जरको गत नोभेम्बर २९ मा सय वर्षको उमेरमा निधन भएको छ । सन् १९२३ मे २७ मा फर्थ, बाभेरिया, जर्मनीमा जन्मेका किसिन्जरका पिताको नाम लुइस किसिन्जर र आमाको नाम पाउला थियो र उनलाई बाल्यकालमा हेन्ज अल्फ्रेड किसिन्जर भनेर बोलाइन्थ्यो ।
अर्थहीन हुँदै एन्टिबायोटिक
कतिपय रोगमा रामवाण औषधिहरू यति चाँडै आफैँमा सङ्कट बन्लान्, कसले सोचेको थियो होला ? आममानिसले यस सङ्कटलाई सकभर बुझेका छैनन् र जतिले बुझेका छन् उनीहरू यसमा गम्भीर नहोलान् तर सचेत हुने बेला भइसक्यो, यसै हो भने सामान्य सङ्क्रमण हुँदा पनि ज्यान जाने दिन आउन थालेको छ । जीवनरक्षक प्रभावकारी औषधिले नै रोगाणु बलिया हुँदै छन् र मानव स्वास्थ्यमा कडा चुनौती बनिरहेका रोग त छँदै थिए अब रोगविरुद्ध लडाइँको मोर्चामा औषधिको प्रतिकर्म एक ठूलो समस्या भएको छ । प्रतिकर्म यस अर्थमा कि औषधिले रोगाणुलाई सबल हुन सघाइरहेका छन् । जसको पूर्ण जिम्मेवार अरू कोही नभएर हामी नै हौँ । औषधि (विशेषगरी एन्टिबायोटिक) प्रयोगमा हाम्रो लापरबाही, अज्ञान, नियमनको कमी र गैरजिम्मेवारी नै हो ।
साढे पाँच अर्बको दुर्लभ नीलो हीरा
स्विट्जरल्यान्डको जेनेभास्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब रुपियाँमा बिक्री गरेको छ । औँठीमा जडिएको र लाम्चो नासपाती जस्तो आकार भएको १७.६१ क्यारेट तौल भएको हीरालाई ‘ब्लु रोयल डायमन्ड’ भनिन्छ ।
आकाश किन नीलो देखिएको ?
वास्तवमा आकाश भनेकै पृथ्वी वरिपरि हावाको ढकनी हो। सूर्यको प्रकाशबाटै आकाशले रङ प्राप्त गर्छ । पृथ्वीको वायुमण्डल बाहिर हावा र अन्तरिक्षको रङ हुँदैन तर सूर्यको प्रकाशमा इन्द्रधनुषमा पाइने सबै रङ हुन्छ । जब सूर्यको प्रकाश हावा हुँदै छिर्छ ती रङ छरिन्छन् । नीलो रङ बढी छरिन्छ । उक्त नीलो रङ हाम्रो आँखामा पर्छ र हामी आकाश नीलो देख्छौँ ।
रुखको उमेर कसरी पत्ता लगाउने ?
रुख जतिजति बूढो हुँदै गयो उतिउति यसको बोक्राभित्रको गिँड मोटो हुँदै जान्छ । त्यसैगरी गर्मी ठाउँको रुखभन्दा जाडो ठाउँको रुख कडा हुन्छ । यसले गर्दा रुखको भित्र रिङ अर्थात् चक्र जस्तो संरचना बन्दछ । यी रिङ खैरो या घिउ रङका हुन्छन् । यसको बीचको भागलाई पीठ भनिन्छ । गिँडमा रहेको रिङ गनेर रुखको वास्तविक उमेर पत्ता लगाइन्छ ।
चिकित्सकले किन बिरामीको नाडी छाम्छ ?
मानिसको मुटु हरदम चलिरहन्छ । मुटुको प्रत्येक धड्कनसँगै धमनी हुँदै शरीरमा रक्तसञ्चार हुने गर्छ । मुटको यही खुम्चिने र फुक्ने क्रियाले नै धमनीमा स्पन्दन पैदा गर्छ । चिकित्सकले नाडी छामेर मुटुको धड्कन गन्न सक्छन् । धड्कनले नाडीको दर निर्धारण गर्छ । मुटु कत्तिको धड्किँदैछ र कत्तिको बलियो छ भन्ने कुरा नाडीले नै बताउँछ । यदि नाडीको
किन मान्छेपिच्छे औँठाछाप फरकफरक हुन्छ ?
सुन्दा अचम्म लाग्न सक्छ जुम्ल्याहा सन्तान या उस्तै देखिने मान्छेमा समेत एकै किसिमको मिल्ने औँठाछाप हुँदैन । यही तथ्य रहस्य पत्ता लगाउन अपराध अनुसन्धान गर्न र चोर पक्रिनमा उपयोगीसिद्ध भएको छ । मानिसको छालाको तन्तुका दुई तह हुन्छन् । भित्री तह बाक्लो हुन्छ जसलाई कोरियम भनिन्छ भने बाहिरी तहलाई एपिडेर्मिस भनिन्छ, जुन पातलो हुन्छ । चिसो रगत हुने प्राणीका छालाका यी दुई तह एकआपसमा टम्म मिलेका हुन्छन् र पर्वतका प्याटर्न देखिन्न तर मानिसमा भने निश्चित आकारको प्याटर्न निर्माण भएको हुन्छ । जसले गर्दा मान्छेपिच्छे औँठाछाप फरकफरक हन्छ । औँठाछापको वर्गीकरण गर्ने पद्धतिको विकास एड्वार्ड हेनरीले गरेका थिए ।