चरम सङ्कटमा हैटी
क्यारेबियन क्षेत्रको एक गरिब मुलुक हैटी चरम सङ्कटमा फसेको छ । तीन वर्षअघि सन् २०२१ को जुलाईमा बन्दुकधारी समूहले त्यहाँका राष्ट्रपति जोभेनेल मोइजको हत्या गरेपछि अहिलेसम्म निर्वाचित नेतृत्व आउन नसकेकाले हैटीमा अस्थिरता छ । अहिले निर्वाचित राष्ट्रपतिको माग गर्दै बन्दुकधारी समूहले राजधानी पोर्ट–अ–प्रिन्स कब्जा गरेका छन् । राजधानीमा कफ्र्यु र एक महिनाका लागि सङ्कटकाल लागू गरिएको छ । मुलुक सम्हाल्न नसकेपछि अन्तरिम प्रधानमन्त्री एरियल हेनरीले राजीनामा घोषणा गरेका छन् । कैयौँ सातादेखि चुलिँदो दबाब र बढ्दो हिंसापछि
डिजिटल बैङ्क र डिजिटल करेन्सी
नेपालमा अहिले जति पनि बैङ्क छन् ती भौतिक रूपमा सञ्चालनमा छन् । यस्ता बैङ्कको सेवा लिन सेवाग्राही भौतिक रूपमै बैङ्कमै उपस्थित हुनुपर्छ । नेपालमा पनि डिजिटल बैङ्कको चर्चा चलिरहँदा डिजिटल बैङ्क कस्तो हुन्छ भन्ने सबैलाई चासोको विषय बनेको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने विश्वका धेरैजसो देशमा डिजिटल बैङ्क प्रचलनमा आइसकेका छन् । डिजिटल बैङ्कको ऋण प्रवाह, निक्षेप सङ्कलन तथा अन्य सबै सेवा अनलाइनबाट सञ्चालन हुन्छ । यस्ता बैङ्कले एउटै शाखाबाट देशभर सेवा दिन सक्छन् । डिजिटल बैङ्कको सेवा लिन बैङ्कको केन्द्र वा शाखा कार्यालय धाउनु पर्दैन ।
हेलियोब्याक्टर पायलोरी ब्याक्टेरियाका कारण पेटमा अल्सर
हेलियोब्याक्टर पायलोरी ब्याक्टेरियाका कारणले पेटमा अल्सर विकास हुने कुरामा बेरी मार्सल विश्वस्त थिए तर उनको कुरामा कसैलाई विश्वास थिएन । उनको सिद्धान्तलाई मानिसमा परीक्षण गर्न मनाही भएका कारणले उनले आफैँले हेलियोब्याक्टर पायलोरी ब्याक्टेरिया भएको तरल पर्दा पिए । अनि केही दिनमै उनको पेटमा अल्सर विकास भयो । उनले एन्टिबायोटिक्सद्वारा त्यसको उपचार गरे र अन्ततः सन् २००५ मा उनलाई यस शोधमा नोबेल पुरस्कार प्राप्त भयो ।
काजुको जङ्गल
दुई पाटा आपसमा जोडिएको, ठूलो सिमी जस्तो बाङ्गो आकारको, सेतो मसलेदार फल मन नपराउने कोही होलान् जस्तो लाग्दैन । यसको नाम भनियो भने सुन्नासाथै ‘आहा !’ भनिहालिन्छ । यति मिठो चिज अनेक मिश्रण गरेर मान्छेले बनाएको हो कि आफैँ यस्तै फलेको होला भन्ने जिज्ञासा धेरैमा हुनुपर्छ । हो त, मलाई पनि केही वर्षअघिसम्म यस्तै लाग्थ्यो । जब २०७३ सालको वैशाखमा भारतको पर्यटकीय शहर गोवा भ्रमणको अवसर मिलेथ्यो, त्यतिबेला पो आफूलाई औधि मनपर्ने काजुको जङ्गल देखेर छक्क परेथेँ ।
जीवनधारा पानी पँधेरा
चराचर जगत्मा पानीको सर्वोपरि र बहुआयामी महत्वलाई मनन गरेर महान् चित्रकार लियोनार्दो दा भिन्चीले भनेका रहेछन्, “पानी प्रकृतिको चालक शक्ति हो ।” हुन पनि जीवात्माको प्राण रक्षादेखि बिजुली जस्तो बहुपयोगी ऊर्जा उत्पादनसम्म पानीको अहम् भूमिका छ । त्यसै भनिएको होइन, पानी नै जीवन हो भनेर । हाम्रो जीवनशैली र पानीबीच अवर्णनीय नाता छ । प्राणी जगत्को साझा घर पृथ्वी र पानीबीचको साइनो पनि गजबकै छ । पृथ्वीको ७१ प्रतिशत सतह पानीले घेरिएको छ । पानी नै पानीले घेरिएको भए पनि पृथ्वीमा मानिसले पिउनयोग्य पानी ज्यादै न्यून छ । क्यानडास्थित ‘सेफ ड्रिङ्किङ वाटर फाउन्डेसन’ को वेबसाइटमा
बृहस्पतिको अन्वेषण
मानिसले बृहस्पति ग्रहको अध्ययन/अनुसन्धान गर्न लागेको चार सयभन्दा बढी वर्ष भएको छ । सन् १९७० को दशकदेखि मात्र मानिसले त्यहाँ अन्तरिक्ष यान पठाइरहेको छ । सन् १९७३ यता नौ वटा अन्तरिक्ष यान बृहस्पति नजिक पुगेका छन् र तिनीहरूको सहयोगबाट मानिसले बृहस्पतिका बारेमा धेरै कुरा पत्ता लगाएको छ ।
महान् गणितज्ञ रामानुजन
दक्षिण एसियाले प्राचीन कालदेखि नै महान् गणितज्ञहरूलाई जन्म दिएको छ । महान् गणितज्ञ आर्य भट्ट, भाष्कर (भाष्कराचार्य) र ब्रह्मगुप्त यहीँ जन्मेका थिए । विश्वमा दशमलव प्रणाली र शून्य आविष्कार यसै भूखण्डमा भएको थियो । शून्यले भाग गरेको कुनै पनि सङ्ख्या अनन्त हो तथा कुनै सङ्ख्या र अनन्तताको योगफल पनि अनन्त नै हो भनी स्वीकार गर्ने भाष्कराचार्य थिए । भाष्कराचार्य ‘सिद्धान्त शिरोमणि’ महान् ग्रन्थका रचनाकार हुन् । शास्त्रीय युगका पहिलो गणितज्ञ–खगोलशास्त्री पनि हुन् आर्य भट्ट । उनले ‘स्थान मूल्य प्रणाली’ प्रतिपादन गरेका थिए । नौ ग्रहको स्थिति पत्ता लगाउने आर्य भट्ट नै थिए । जसको अध्ययनबाट ग्रहहरूले सूर्यको परिव्रmमा गर्ने र वर्षमा दिनहरूको सङ्ख्या ३६५ रहेको तथ्य उनैले बाहिर ल्याए ।
मेसीका कारण ज्यान बच्यो
अतिवादी समूह हमासद्वारा गत अक्टोबरमा इजरायलमाथि अप्रत्यासित आक्रमण गरी सयौँ मानिसलाई बन्धक बनाइयो तर ९० वर्षीय अर्जेन्टिनी महिला लियोनेल मेसीका कारणले अपहरणमा पर्नबाट जोगिइन् । हमासका लडाकुले ती महिलालाई नियन्त्रणमा लिएका थिए तर मेसीका कारणले छाडिदिए । ती महिलाले पछि प्रतिक्रिया दिँदा जानकारी दिइन्, “मैले भनेँ मेसी जुन देशका हुन् म पनि त्यही देशको हुँ...।” मैले उनलाई सोधेँ, “के तिमी फुटबल हेर्छौं ?”
मान्छे नै चिम्पान्जी बन्यो
बाँदर जातिमा चिम्पान्जी धेरै नै समझदार हुन्छ । यो मानिससँग पनि चाँडै घुलमिल हुने र भनिएका कुरा पनि केही सिक्ने गर्छ । सानै छँदा मानिससँग मात्र सम्पर्क हुने गरी चिम्पान्जीलाई हुर्काइयो भने के होला ?, के त्यसले मानिसका धेरै कुरा सिक्ने छ ?, मानिससरह व्यावहारिक अन्तर्क्रिया गर्न सक्ने छ वा सम्पूर्णतया नैसर्गिक गुण लिएरै हुर्कने छ ?
रेडियम गर्ल्स
एक शताब्दीपहिले अँध्यारोमा चम्किने घडीहरू अत्यन्त सम्मोहक अपूर्व वस्तु थिए । विशेष खालको चम्किलो रङले ढाकिएको घडीको ‘डायल’ चम्किरहन्थ्यो र त्यसलाई सौर्य प्रकाशले ‘चार्ज’ गर्नु आवश्यक थिएन । यो सब जादु जस्तो थियो । यी घडीको उत्पादन गर्ने एक प्रथम उद्योग सन् १९१६ मा अमेरिकाको न्युजर्जीमा सञ्चालनमा आयो । यस उद्योगले ७० जना महिलालाई काममा राख्यो, अमेरिकामा यस्ता कैयौँ उद्योगमा काममा लगाइएका हजारौँ महिलामध्ये यो पहिलो समूह थियो । त्यतिबेला यसलाई एउटा राम्रो ज्याला पाइने आकर्षक जागिर मानियो ।
व्यासीहरूको “कुञ्जा” संस्कृति
दार्चुला जिल्लाको उत्तरमा अवस्थित व्यास हिमालको काख र महाकाली नदीले बनाएको उपत्यकामा रहेको व्यास गाउँका बासिन्दालाई व्यासी भनिन्छ । विश्वकै महान् ग्रन्थ वेदका रचयिता कृष्ण द्वैपायन महर्षि वेदव्यासले यो हिमालमा बसेर ध्यान, तप, व्रत गरेकाले हिमालको नाम नै व्यास रहेको तथा त्यस क्षेत्रमा बसोबास गर्नेहरू व्यासी कहलाउन थालेको विश्वास गरिन्छ, यिनीहरूलाई सौका पनि भनिन्छ । दाचुर्लाका छाङ्रु, टिङ्कर, रपाङ, दुम्लिङ (दुगलिङ) र फुलचिम, राङ्थल, स्याङ्काङ क्षेत्रमा व्यासीको बाक्लो बसोबास छ । जिल्ला सदरमुकाम खलङ्गामा पनि केही व्यासीको बसोबास छ । भारतको अल्मोडा, चमोली, उत्तरकाशी जिल्लाका हिमाली र पहाडी क्षेत्रमा पनि व्यासी/सौकाहरूको बसोबास देखिन्छ । उतैबाट यिनीहरू नेपाल प्रवेश गरेका
हाम्रा पुर्खाले तामाका भाँडा किन प्रयोग गर्दथे ?
तामाले अनावश्यक ब्याक्टेरिया र भाइरसलाई मार्दछ । प्राचीन भारतवर्षमा भाइरस र ब्याक्टेरिया मार्नका लागि ताल, तलैया, इनार, नदीमा तामाको पैसा फ्याँक्ने गरिन्थ्यो । आयुर्वेदले पिउने पानी तामाको भाँडामा भण्डारण गर्न सिफारिस गरेको छ । त्यसरी तामाको भाँडामा राखिएको पानीले निम्न लाभ मिल्छ :
फोक्सोमा रुख
सन् २००९ मा खोक्दा खकारमा धेरै रगत आउन थालेपछि रुसका २८ वर्षीय अर्थियम सिडोर्किन चिकित्सककहाँ जाँच गराउन गएका थिए । सुरुमा त चिकित्सकले उनलाई क्यान्सर भएको आशङ्का गरे र निदान गरेको केही समयमै चिकित्सकले शल्यक्रिया गरी आशङ्कित ट्युमर बाहिर निकाले । ट्युमरमा क्यान्सरजन्य वृद्धि हटाएपछि चिकित्सक तीन छक्क परे । त्यस
सर्वाधिक मोटे मिनेख
विश्वमा सबैभन्दा गह्रौँ मानिसको कीर्तिमान जोन ब्रावर मिनेखको नाममा छ । अमेरिकाका मिनेखको तौल छ सय ३५ किलोसम्म पुगेको थियो । सन् १९७८ मार्चमा मिनेखलाई गाडीमा राखेर सियाटलको युनिभर्सिटी अफ वासिङ्टन मेडिकल सेन्टर लैजाँदा १२ जनाभन्दा बढी दमकलकर्मी आवश्यक प¥यो । त्यस सेन्टरमा चिकित्सकले मिनेखको जाँच गर्दा उनको शरीरका तन्तुमा धेरै नै तरल पदार्थ जम्मा भएर तौल बढेको पत्ता लगाएका थिए । अस्पताल बसाइ अवधिमा चिकित्सकले दैनिक १२ सय क्यालोरी आहारा मात्र उनलाई खान दिएका थिए । त्यहाँ दुई वर्षको अवधिमा मिनेखको तौल चार सय १० किलो घट्यो । शरीरको धेरै तौल घट्नमा
घातक हुन्छ प्यान्क्रियाजको क्यान्सर
मानव शरीरमा हुने प्यान्क्रियाजलाई भूमिकाको हिसाबले पाचन प्रणाली एवं ‘इन्डोक्राइन’ प्रणाली अन्तर्गत राखिएको छ । अर्थात् यो अङ्गको दोहोरो भूमिका छ । आमाशयको ठिक्क पछाडि रहने ग्रन्थियुक्त प्यान्क्रियाजलाई टाउको, जिउ र पुच्छरमा विभाजित गरिएको हुन्छ । यस अङ्गमा रहेको ‘आइलेट अफ ल्यान्गरहेन्स’ ले इन्सुलिन, ग्लुकागोन, सोमाटोस्टाटिन र प्यान्क्रियाटिक पोलिपेप्टाइडलगायतका हर्मोन उत्पादन गर्छ भने ‘एसिनर’ कोषले पाचन रस उत्पादन गर्ने गर्दछ ।
बेचिएका जुम्ल्याहा दिदीबहिनीको मिलन
जन्मिनेबित्तिकै बेचिएका जुम्ल्याहा दिदीबहिनीको १९ वर्षपछि भेट भएको छ । यी दिदीबहिनीको नाम एमी खवितिया र एनो सरतानिया हो । सोसल मिडियामार्फत उनीहरूको चिनजानी भएको थियो । यी दुई दिदीबहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढा बस्दथे । उनीहरूलाई एक अर्काको बारेमा केही पनि थाहा थिएन तर एउटा टिकटक भिडियो र टेलिभिजन ट्यालेन्ट सोका कारणले उनीहरूबीच भेट भयो ।
मानिसको मस्तिष्कमा राखियो चिप
अमेरिकामा पहिलो पटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको छ । अर्बपति एलन मस्कको कम्पनी न्युरालिङ्कले यो चिप निर्माण गरेको हो । ताररहित चिप प्रत्यारोपणमा सफलता मिलेको मस्कले बताएका छन् । प्रारम्भिक नतिजाले न्युरोन अर्थात् स्नायु कोषिकामा उत्साहप्रद सङ्केत देखाएको छ । चिप प्रत्यारोपण गरिएका बिरामीको अवस्थामा सुधारसमेत आएको छ । न्युरालिङ्क कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने उद्देश्य राखेको छ । चिप राखेर स्नायु प्रणालीसँग सम्बन्धित जटिल अवस्थालाई निराकरण गर्न खोजिएको छ ।
मृत्युदण्डले मर्दैन अपराध
विश्वका विभिन्न मुलुकमा जघन्य अपराध गरेका अपराधीलाई मृत्युदण्ड दिने गरिन्छ । मृत्युदण्ड दिने तरिका फरक फरक छन् । कतै झुन्डाएर, कतै टाउको काटेर, कतै गोली हानेर, कतै घातक सुई दिएर र त कतै विषालु ग्यास सुँघाएर मृत्युदण्ड दिने गरिन्छ । मृत्युदण्डले अपराधी त मर्छ तर अपराध मर्दैन । त्यसैले मृत्युदण्ड दिने मुलुकमा अपराधमा कमी आएको छैन । विश्वमा पहिलो पटक अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । सन् १९८८ मा एलिजावेथ सेनेट नामकी महिलाको हत्या गरेको आरोपमा दोषी केनेथ युजिन स्मिथलाई मृत्युदण्ड दिइयो । उनले एक हजार अमेरिकी डलर पाउने आशामा सेनेटको हत्या गरेका थिए । ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड
अमेरिकामा कहिलेदेखि दुई दलको वर्चस्व
संयुक्त राज्य अमेरिकामा लामो समयदेखि दुई मुख्य राजनीतिक दलको वर्चस्व रहिआएको छ । इस्वी संवत्को १९ औँ शताब्दीको मध्यदेखि राजनीतिक दल डेमोक्रेट्स र रिपब्लिकन अमेरिकाको राजनीतिमा अग्रपङ्तिमा देखिन्छन् । मतदानका लागि अमेरिकीहरूका अगाडि किन यति थोरै विकल्प छन् ? यथार्थमा यो राष्ट्रमा स्थापनाको लगत्तै दुई दलीय प्रणाली दीर्घस्थायी हुन पुग्यो ।
बुद्ध जब राजमहल फर्किए
सिद्धार्थ गौतमका पिता शुद्धोदन तिलौराकोटका राजा थिए । शाक्यवंशीय राजा शुद्धोदनको राज्यको राजधानी कपिलवस्तु थियो । शुद्धोदनकी रानी मायादेवीले गर्भधारणपछि छ वटा दाँत भएको श्वैत हात्ती आफ्नो गर्भमा रहेको सपना देखेकी थिइन् । पछि राजधानी कपिलवस्तुबाट माइती देवदह जाँदा मायादेवीलाई बाटोमै प्रसव व्यथा लाग्यो । त्यसपछि उनले लुम्बिनी पुष्करिणी सरोवर छेउ आरामका लागि रुखको फेदमा सुस्ताउँदा उनलाई पुत्रलाभ भयो ।
माझीको जीवन नै नदी
डुङ्गा खियाएर नदीको एक किनाराबाट अर्को किनारासम्म पु¥याउने मानिसको परिचय त्यतिमै सीमित छैन उनीहरूले माछा मारेर खाने र बेच्ने पनि गर्छन् । विगतमा माझीको सहायताले खोला नतर्नेहरू कमै होलान् । माझीको आफ्नै वेशभूषा, भाषा र संस्कृति छ । २०७८ सालको जनगणना अनुसार नेपालका ६३ जिल्लामा एक लाख ११ हजार ३५२ माझीको बसोबास रहेको छ । माझी समुदायका आफ्नै चाडपर्व रहे पनि ती ओझेलमा परेका छन् । सङ्ख्यामा कमी हुनु, अनेक कारणले मूलधारमा आउन नसक्नु, राज्यले प्रोत्साहन नगर्ने कारणले ती चाडपर्व माझी समुदायमा मात्रै सीमित बनिरहेका छन् तर कतिपय स्थानीय तहले माझीका चाडपर्व प्रवर्धन गर्नमा जुटेको देखिन्छ ।
मरुभूमिमा भूताहा जहाज
यी पानीजहाज मात्र ३० वर्षपहिले विश्वको चौथो ठूलो तालमा हुन्थे । अहिले त्यहीँ मरुभूमिमा भूताहा जहाज भएर थन्किएका छन् । कुनै बेला अलेक्जेन्डर महानले समेत पार गर्न ठूलो चुनौती मानेको ‘अराल सी’ अहिले सुकेको छ । यो ताल माछाको ठूलो स्रोत थियो र बिदा मनाउनेको समेत यहाँ घुइँचो लाग्दथ्यो । यस ताल वरिपरि कैयौँ रिजोर्टसमेत खुलेका थिए तर अचेल यहाँ उजाड छ । पानीजहाज सुक्खा भुईंमा पछारिएका छन् । लगभग छ सय वर्षमा अराल सागर करिब पूर्ण सुकेको छ ।
परोपकारको भावना समेटिएका पाटीपौवा
अठार पुराणका रचयिता वेदव्यासले आफ्ना सबै कृतिको सार एकै श्लोकमा भनेका छन्, “परोपकारः पुण्याय, पापाय परपीडनम् ।” अर्थात् अरूलाई उपकार गर्दा पुण्य मिल्छ भने दुःख दिँदा पाप लाग्छ । यस भनाइको परिपूरक आशयलाई यसरी पनि व्यक्त सकिन्छ, अरूको परोपकार गर्नु जत्तिको ठूलो धर्म र अरूलाई पीडा दिनु जत्तिको ठूलो पाप अर्को छैन । परोपकारी कार्यलाई जीवन दर्शनका रूपमा आत्मसात् गर्ने वेदव्यासजस्ता मनीषीका सत्कर्मयुक्त जीवन दर्शनबाट हाम्रा पुर्खाहरू परोपकारी कार्यमा सरिक भएका अनेकौँ दृष्टान्त भेटिन्छन् । परोपकारी भावनालाई जीवनको मार्गदर्शक सिद्धान्त मान्ने सत्कर्मीहरूले सम्पादन गरेका अनेकन् लोकहितकारी कार्यको दृृष्टान्तका रूपमा पाटीपौवा, सत्तल एवं धर्मशाला निर्माणलाई पनि लिन सकिन्छ ।
फ्रिलान्सिङको दुनियाँ
विश्वको कुनै पनि भागमा बसेर इन्टरनेटमार्फत धेरै किसिमका काम गर्न सकिन्छ । त्यसमा पनि सूचना प्रविधिसँग सम्बन्धित काम त झन् सहज र सरल ढङ्गले गर्न सकिने भएको छ । अनलाइन माध्यमबाट आइटी आउटसोर्सिङ, अनलाइन फ्रिलान्सिङ, अफ्सोर डेभलपमेन्टलगायतका काम हुने गर्छन् । घरबाटै विश्वका विभिन्न स्थानमा रहेका कार्यालय, कम्पनी वा व्यक्तिगत रूपमा समेत हुने यस्तो काम कोभिड सर्वमहामारीका बेला नेपालमा वृद्धि भयो । त्यतिबेला सुरु भएको वर्क फ्रम होम, अनलाइन क्लास, अनलाइन जब, भिडियो कन्फ्रेन्सिङ अहिले पनि प्रचलनमा रहेका छन् ।