अहिंस्रक सियार/चुम्बा
गोरखा जिल्लाको उत्तरी सीमावर्ती क्षेत्रमा अवस्थित चुम उपत्यकामा रहेका चुम्चेत, छेकम्पार, छोच्युक्सम र निब्री गाउँमा सियार (चुम्बा) जातिको बसोबास छ । यिनीहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सियार जाति भनेर आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ । गणेश र सिङ्ग्री हिमालको फेदमा अवस्थित उपत्यकामा रहेका सियारहरू मूलतः बौद्धधर्मावलम्बी छन् । गोरखाको उत्तर–पूर्वबाट पश्चिम–दक्षिण बग्ने सियार नदीका कारण पनि यस क्षेत्रमा बस्ने यस जातिको नाम सियार भएको हुन सक्छ । अर्कोतिर चुम उपत्यकामा बस्ने भएकाले चुम्बा भएको सहजै अनुमान लगाउन सकिन्छ ।
अमेन्डाको सङ्घर्ष
घटना सन् २०१९, मे महिनाको हो । जब लगभग पाँच किलोमिटरको पदयात्रा (हाइकिङ) मा बाटो बिर्संदा अमेन्डा इलरलाई हवाईमा रहेको माउईको जङ्गल अत्यन्त कष्टप्रद जीवन सङ्घर्षमा परिणत हुन पुग्यो । अमेन्डाले आफूसँग खाना, पानी, मोबाइल फोन केही पनि लिएर गएकी थिइनन् किनभने उनी छोटो दूरीमा हिँडेर फर्कने योजना बनाएर जङ्गल छिरेकी थिइन् । हिँड्दै जाँदा अमेन्डाले बाटो बिर्सिइन् र जति कोसिस गर्दा पनि फर्किन सकिनन् । जति जति उनले कोसिस गरिन् उनी झन् झन् अनकन्टार जङ्गलमा हराउन थालिन् । १७ दिनसम्म अमेन्डाले जङ्गलमा जीवनका लागि सङ्घर्ष गर्नुप¥यो ।
जासुस बिरालो
सन् १९६० को दशकमा अमेरिकाको गुप्तचर निकायका अनेक परियोजनामा बिरालोमाथिसमेत परीक्षण र प्रयोग गरिएको थियो । गुप्तचर निकाय सिआइएले बिरालोलाई काममा लगाउने निर्णय त गर्यो तर बिरालोलाई तालिम दिन कत्तिको कठिनाइ आइपर्ने हो संस्थाले रत्तिभर विचार गरेन । बिरालोको काम थियो, वासिङ्टन डिसीमा रहेको सोभियत सङ्घको राजदूतावास बाहिरको बगैँचामा दुई जनाको गुप्त कुरा सुन्नु । बिरालोको कानभित्र पशु शल्यचिकित्सकले एउटा माइक्रोफोन प्रत्यारोपण गरेका थिए । टाउकोको हड्डीमा सानो रेडियो ट्रान्समिटरलाई अड्याएर तन्तुमा ब्याट्री राखिएको थियो । यो परियोजना सम्पन्न हुन पाँच वर्ष समय लाग्यो र दुई करोड अमेरिकी डलर खर्च भयो ।
साँचो मित्रता
पूर्वी तराईको जनकपुर उपमहानगरपालिकामा बस्ने दुई मित्रहरू सुभाष घिमिरे र सत्यम पौडेल थिए । दुवै ज्यादै मिलनसार, मेहनती, इमानदार र एकाअर्काप्रति ज्यादै आत्मीय थिए । उनीहरूको मित्रता उदाहरणीय थियो । उनीहरू एकाअर्काका छिमेकी पनि थिए र मित्रता पनि बालककालदेखिकै थियो । यी मित्रहरूको चरित्र भने एकाअर्काको विपरीत थियो । सुभाष गम्भीर, अध्ययनतिर नै ध्यान दिने, अरू क्रियाकलापमा खासै चाख नलिने, साथीभाइको समूहमा पनि धेरै घुलमिल नहुने एकान्तप्रेमी थियो भने उसको साथी सत्यम ठिक विपरीत स्वाभावको । हरेक क्रियाकलापमा सक्रियता देखाउने, धेरै मान्छेसँग नजिकिएर मित्रता गाँस्ने, आफ्नो वाक्पटुताले सबैलाई दङ पार्ने स्वभावको थियो । विद्यालयको अतिरिक्त क्रियाकलाप जस्तै वादविवाद प्रतियोगिता, खेलकुद आदि हरेक छेत्रमा सक्रिय भएर सहभागिता जनाउँथ्यो । अध्ययनतिर भने धेरै ध्यान नै दिँदैनथ्यो । यसरी विपरीत स्वभावका यी दुईको मित्रता भने अचम्मको घनिष्ठ थियो ।
दोलखादेखि कालिञ्चोकसम्म
हामी २०८० साल पुस २० गते शुक्रबार दोलखा जिल्लाको भ्रमणमा गयौँ । स्कुलमा जाडो बिदा भएकाले हामी घुम्न गएका हौँ । दोलखा जाँदा काठमाडौँबाट गाडी चढेपछि भक्तपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै दोलखा सदरमुकाम चरीकोट पुगिने रहेछ । चरीकोटबाट केही पर दोलखा बजारमा मेरो आफन्तको घर भएकाले बास बस्न त्यता गयौँ । काठमाडौँ छोडेर म पहिलो पटक गाडीको लामो यात्रामा हिँडेको थिएँ । दोलखामा बस्दा, दोलखा भीमसेनको मन्दिर, कालिञ्चोक मन्दिर र जिरी घुम्न पाएँ । ती सबै ठाउँको घुमघामका बारेमा केही लेख्दै छु ।
लाल सागरको आतङ्क
लाल सागरमा आतङ्क बढेको छ । यमनको हुथी विद्रोही समूहले त्यहाँ भएर आवतजावत गर्ने मालवाहक पानीजहाजमा आक्रमण गरेसँगै विश्व व्यापार नै प्रभावित भएको छ । गाजा क्षेत्रमा हमासमाथि इजरायलले चरम दमन गरेको भन्दै यो समूहले लाल सागरमा मालवाहक पानीजहाजमाथि आव्रmमण गरी आतङ्क सिर्जना गरिरहेको छ ।
यसरी रहन गयो नाम
१) ओखलढुङ्गा– लगभग छ वर्गफिटको मध्यमा खोपिल्टो परेको ओखल जस्तो एउटा ढु्ङ्गा र नजिकै एउटा मुसल पनि रहेको ठाउँ हुनाले ओखलढुङ्गा नाम रहन गएको बताइन्छ । २) इलाम– लिम्बू भाषामा इ भनेको घुमाउरो र लाम भनेको बाटो भन्ने अर्थ लाग्ने भएकाले इलाम रहन गयो । ३) इन्द्रचोक– इन्द्रजात्राको दिन इन्द्रको प्रतिमा प्रदर्शन गरिने प्रमुख स्थल भएकाले इन्द्रचोक भनिएको हो । ४) कपिलवस्तु– कपिल ऋषिको आश्रम रहेको स्थानमा शाक्यवंशका मानिसले उनै कपिल ऋषिको आदेशानुसार सहर बसाएको हुनाले उक्त ठाउँको नाम कपिलवस्तु रहेको देखिन्छ ।
शब्दबिनाको स्पेनको राष्ट्रिय गान !
तपाईंलाई अचम्म लाग्ला स्पेनको राष्ट्रिय गान आधिकारिक शब्दबिनाको छ । स्पेनसरह बोस्निया हर्जगोभिना, कोसोभो र सान मारिनोको राष्ट्रिय गानमा समेत शब्द छैन । स्पेनको राष्ट्रिय गानलाई ‘मर्चा रियाल’ भनिन्छ । यसको नामबाटै स्पष्ट हुन्छ यो चार/चार पटकको सैन्य मार्च (परेड) हो । ‘मर्चा रियाल’ दुई मिनेटको हुन्छ तर खेलकुद प्रतियोगितामा बजाइने ‘मर्चा रियाल’ करिब ४० सेकेन्डको मात्र हुन्छ ।
राणाविरोधी आन्दोलनमा महिला
विसं १९०३ सालमा प्रधानमन्त्री जङ्गबहादुर राणाले मुलुकको शासनसत्ता हातमा लिई निरङ्कुश जहानियाँ शासनको शूत्रपात गरेका थिए । जहानियाँ राणा शासनविरुद्ध जङ्गबहादुरकै पालादेखि देशका विभिन्न स्थानबाट आवाज नउठेको होइन तर जङ्गबहादुरले आफ्ना विरोधीलाई हत्या गरिदिए । मुलुकको शासनसत्ताको बा