पचपन्न वर्षीयाबाट टेस्टट्युब बच्चा
५५ वर्षीया महिलाले टेस्टट्युब पद्धतिबाट बच्चा पाउनुभएको छ। ललितपुरकी ५५ वर्षीया महिला विमला रजकले नर्भिक आईभीएफ सेन्टरमा स्वस्थ सन्तानलाई जन्म दिनुभएको हो। शल्यक्रियामार्फत शनिबार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ।
विवाह राजनीति
कतिपय व्यक्तिलाई राजनीतिसँग ‘एलर्जी’ नै हुन्छ । राजनीतिमा चासो नहुँदा नहुँदै पनि कोही पनि राजनीतिको बाघपञ्जाबाट उम्कन सक्दैन। कसैलाई पत्यार नलाग्न सक्छ, मानव जीवन राजनीतिकै एक हिस्सा हो। यस सम्बन्धमा एउटा सर्वप्रचलित भनाइ उद्धरणीय छ, ‘राजनीति जताततै छ।’ हुन पनि राजनीतिले नछोएको कुनै क्षेत्र नै छैन।
काम : चकलेट खाने तलब : एक करोड
‘चकलेट’ सुन्दै मुख रसाउने । हामी भाइबहिनीलाई असाध्यै मन पर्ने । स्वादिलो खानेकुरा कसलाई मन नपर्ला र ? त्यसमाथि हामी बालबालिका चकलेट भनेपछि हुरुक्कै हुन्छौँ । कुनै खुसियाली होस् वा जन्मदिन अहिले चकलेट चाहिन्छ, चाहिन्छ । बजार घुम्न जाँदा होस् वा लामो सफरमा घरबाहिर जाँदा चकलेट नभई बालबालिका फिटिक्कै पाइला चाल्दैनौँ । चकलेट अहिले बालबालिकादेखि वृद्धवृद्धाको दैनिकीमा अभिन्न अङ्ग बनेको छ । त्यसैले भाइबहिनीहरू ! यस पटक चकलेट के हो र कसरी बन्छ भन्ने विषयमा केही जानकारी लिउँ है त ।
सन्तान बेच्न बाध्य केन्याली आमाहरू
दामा आफ्नो गाउँमा फर्किएकी छन् । उनी भन्छिन्, “जीवन बाँच्न निकै गाह्रो भयो ।” आमाबुवा हुँदा आफ्नो जीवन केही सहज भएको उनी बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्प त्यतिबेला नै सीमित थिए ।
उजागर हुन नसकेको आश्चर्यलाग्दो प्राकृतिक पुल
पर्यटकीय नगरी पोखराको मध्यभागमा अवस्थित आश्चर्य लाग्दो प्राकृतिक पुल ओझेलमा परेको छ । पोखरा उपत्यकाको उत्पत्तिसँगै बनेको प्राकृतिक पुल उजागर हुन नसक्दा ओझेमा परेको हो ।
६१ वटा कुखुरा मार्ने चितुवा, कृषकबाट मारियो
गुल्मीमा कुखुरा खाएर स्थानीयलाई हैरान बनाउने चितुवा मारिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवरले फार्ममा छिरेर कुखुरा खाने चितुवा मार्नुभएको हो।
जापानी नागरिक काकिमीले चौरासी पूजा गर्ने
तीन दशकदेखि जिल्लाको विकास निर्माण तथा सामाजिक कार्यमा सक्रिय रहनुभएका जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाज’ले चौरासी पूजा आफ्नो कर्मथलो पाल्पामै गर्ने हुनुभएको छ ।
सपना जस्तो लाग्ने फोनका कुरा जब विपनामा पूरा भए...
शुक्रबारको मध्यान्ह । घाम चर्किँदै थियो । लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थी शुक्रबारे आधा छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्रावासका मुक्त कमलहरी भने उत्साहित थिए ।
बाघले तीन गोही खायो
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो ।