• २३ पुस २०८१, मङ्गलबार

संसारकै लामो रेल

blog

अश्विना सिग्देल 

भाइबहिनीहरू  तिमीहरूले रेल त पक्कै देखेकै होला । हाम्रो देशको राजधानीमा रेल गुडेको छैन ।  फोटो भिडियोहरूमा त हामीले देखेकै छौँ । विश्वमा भने पहिला पहिला जनकपुरमा रेल थियो । अहिले पनि नयाँ स्वरुपमा छ । 

कसले के बनाउने भन्ने होड चलिरहेको बेला स्विट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड कायम गरेको छ । गत महिना स्विस रेलवेको १७५औँ वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्विट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको थियो । उक्त रेलमा यात्रुहरू बस्न मिल्ने एक सय वटा कोच थिए । जसमा चार हजार ५५० जनाले बसेर यात्रा गर्न सक्नेछन् । गिनिज बुकमा रेकर्ड दर्ता भएपछि अब उक्त रेलका डिब्बाहरू निकालेर नियमित रेलमा प्रयोग गरिनेछन् ।

सबै प्रकारका रेलहरूमा सबैभन्दा लामो रेलको रेकर्डचाहिँ अस्ट्रेलियाको नाममा छ । यस्तै सन् १९९१ मा बेल्जियमले  १७३२.९ मिटर लामो रेल कुदाएर संसारको सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड राखेको थियो ।

हाम्रो देशमा पनि पछिल्लो समय सवारी साधनहरुको अत्याधिक चाप छ । नयाँ पुराना सवारी साधन एउटै सडकमा भीडमा गुड्छन् । यात्रीलाई ज्यादै सकस छ । सडकको छेउबाट सरर रेल चल्ने हो भने एकै पटकमा हजारौ मानिसले यात्रा गर्न सक्छन् । ट्राफिक जाम पनि कम हुन्छ । देशको विकास पनि हुन्छ । काठमाडौँमा पनि रेल गुड्यो भनेर विश्व सामु देखाउन सकिन्छ ।